ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्टहरु संविधान नै मान्दैनन : उपसभापति निधि


admin
असार ११, २०७५ सोमबार  ९ : २३ बजे

बर्दिवास, ११ असार । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र उन्नत अभ्यासका लागि काँग्रेसभित्र सुदृढ एकताको आवश्यकता औँल्याउनु भएको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पार्टी कार्यालयमा आज जिल्लाका अगुवा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उपसभापति निधिले काँग्रेसभित्रको बिग्रहले पार्टीमात्र नभई लोकतन्त्र नै कमजोर हुने भएकाले सङ्गठनभित्र सम्पूर्ण एकताको आवश्यकता औँल्याउनुभयो ।

“यो मुलुकमा प्रजातन्त्र भन्नोस् वा लोकतन्त्र, काँग्रेसकै अगुवाइमा सम्भव भएको हो”–उहाँले भन्नुभयो, “काँग्रेसको जन्म नै प्रजातन्त्रका लागि भएकाले अहिलेको लोकतान्त्रिक संविधानको सफल कार्यान्वयन पनि काँगे्रसले नै गर्न सक्छ ।” यसका लागि पार्टीभित्र सुदृढ एकताको खाँचो भने रहेको निधिको भनाइ थियो ।

काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले जनतासँग न्यानो सम्बन्ध विकास गर्दै भ्रष्टाचार र बेथितिविरुद्ध सङ्गठित अभियान बढाउन कार्यकर्तालाई अपिल गर्नुभयो । कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताले पार्टी नेतृत्वबाटै विभाजित भएकामा रोष प्रकट गरेका थिए ।

संविधान घोषणाको तीन वर्ष नपुग्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतीय शासन प्रणालीको कुरा उप्काएर मुलुकलाई अस्थिर बनाउन खोजेको उहाँको आरोप थियो । “कम्युनिष्टहरु उपयोगको नीतिले संविधान मान्दैछन्”–निधिले भन्नुभयो, “काँग्रेसका लागि त लोकतन्त्र उपयोगको कुरा हैन, जीवन पद्धति नै हो ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com