ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ रेलबारे प्रधानमन्त्रीको जवाफ – पैसा हुनेले लगानी गर्छ, चिनिया रेल नेपाल आउँछ (भिडियोसहित)


admin
असार १०, २०७५ आईतबार  १ : २७ बजे


काठमाडौं, १० असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको बताउनुभएको छ ।

६ दिने चीन भ्रमणबाट स्वदेश फर्केपछि अन्तराष्ट्रिय विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङ उपयुक्त समयमा नेपाल आउने बताउनुभयो । चिनियाँ राष्ट्रपति पिङको भिजनै नेपालमा रेल ल्याउने भएकाले फिजिविलिटी अध्ययन छिट्टै थालिने प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो । फिजिविलिटी अध्ययन सकिएपछि लगानीको विषय टुंगो लाग्ने बताउनुभयो । ओलीले भन्नुभयो, ‘जो सँग पैसा छ, रेल निर्माणमा लगानी उसैले गर्छ ।’

यस्तै, प्रधानमन्त्री ओलीले नेपालले अन्तरराष्ट्रिय सम्बध र छिमेकीसँगको सम्बन्ध इमान्दार रहने भन्दै देशको राष्ट्रिय हितमा विपरीत भने सम्झौता नगरिएको बताउनुभयो । उहाँले अब नेपाललाई ट्रान्जिट पारवहन, यातायातको प्रयोगको लागि समस्या नभएको भन्दै प्रोटोकलको लागि आवश्यक अन्तिम तयारी जुलाईमा हुने जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीन भ्रमणका क्रममा दुई देशबीच १४ बुँदे सहमति र सम्झौता उपलब्धीमुलक भएको बताउनुभयो । उहाँले केरुङ–काठमाडौं रेल्वेसम्बन्धी परियोजना, दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, कार्गो सञ्चालनमा तिब्बतको राजमार्ग प्रयोग, रसुवागढीमा पुल निर्माणमा सहयोग, उर्जा सहकार्य गर्ने विषयमा सहमति, उत्पादनमा लगानी तथा सहकार्य सम्झौता, मानव स्रोत सहकार्य, आर्थिक र प्राविधिक सहकार्य तथा सम्बन्ध मजबुद बनाउने जस्ता सम्झौता भएको बताउनुभयो ।

चीन भ्रमणका रहदा प्रधानमन्त्री ओलीले चिनिया“ राष्ट्रपति सी जिन पिङ, चिनियाँ समकक्षी लि खछ्याङ, चिनिया“ लगानीकर्ता, उद्योगी, लगायतको टोलीसंग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई अन्तराष्ट्र्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली असार ५ गते चीन जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com