
काठमाडौं, ८ असार । ६ दिने चीन भ्रमणको चौथो दिन प्रधानमन्त्री केपी शर्मा चीनको स्वशासित क्षेत्र तिब्वतको ल्हासा पुग्नुभएको छ । ल्हासा पुग्दा प्रधामन्त्रीलाई ओलीलाई तिब्वत सरकारका उच्च अधिकारी र ल्हासा स्थित नेपाली महाबाणिज्य दुत गोविन्द कार्कीले स्वागत गर्नु भएको थियो।
ल्हासा बाट प्रधानमन्त्री ओली तिब्बत पुगेर नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने गर्नु भएको छ । उहाँले नेपालमा स्थायि सरकार निमार्ण भएको र नेपाललाई आर्थिक समृद्धिमा देश बाहिर रहेका नेपालीहरुकोपनि साथ आवश्यकता रहेको औल्यौउदै, नेपाल पर्यटकिय क्षेत्रमा पनि निकै सम्भावना यस क्षेत्रबाट पनि नेपाललाई अगाडी बढाउने बताउनुभयो । प्रधानमन्त्री ओलीले आज पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्