
बेइजिङ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रिय जन काँग्रेस संग भेटवार्ता गनुभएको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणको आज तेस्रो दिन चिनिया राष्ट्रिय जन काग्रेस प्रमुख लि चान सु संग भेटवार्ता गनुभएको हो ।
आजै चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी ली खछ्याङबीच द्वीपक्षीय वार्ता गर्ने भएका छन्। मध्यान्ह प्रतिनिधि मण्डलसहित दुई प्रधानमन्त्रीबीच औपचारिक छलफल हुने लागेको हो। छलफलपछि विभिन्न समझदारीमा हस्ताक्षर हुने जनाइएको छ।
केही ठूला आयोजनामा सहयोग, चीनसँग थप नाका खुला गर्ने, तातोपानी र केरूङमा पक्की पुल बनाउने र यसअघि भएका सम्झौताको कार्यान्वयनका समीक्षा गर्न सचिवस्तरीय समिति बनाउने लगायतका विषयमा हस्ताक्षर हुने बताइएको छ। प्रधानमन्त्री खछ्याङले समकक्षी ओलीको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन्।








प्रतिक्रिया दिनुहोस्