
बेइजिङ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादको बाटोलाई केन्द्रमा राखि विकास समृद्धिसहितको नेपाल निर्माण भएको बताउनुभएको छ ।
बेइजिङस्थित चिनियामा कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुल विभागले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजवाद सहितको सामाजिक न्याय, समृद्धि र सद्भावपुर्ण नेपाल निर्माणमा लाग्ने बताउनुभयो ।
देश राजनीतिक रुपमा सवल हुनका लागि राजनीतिक विषय अध्ययन महत्वपुर्ण रहेको बताउँदै उहाँले नेपालमा पनि कम्युनिष्टहरुबीचको एकताले नयाँ आयाम थपिएको बताउनुभयो ।
कम्युनिष्टहरुको लामो राजनीतिक आन्दोलन सबै क्षेत्रमा मेल खाएकाले समृद्ध नेपालको परिकल्पना पनि नेपालमा मेल खाने विश्वास व्यतm गर्नुभयो ।
लामो राजनिती संघर्ष र चुनौतीहरुलाई पार गर्दै नेपाल अब कम्युनिष्ट धारालाई आत्मसात गर्दै शतिशाली मुलुक बन्ने अपेक्षा व्यक्त गर्नुभयो ।
उहाँले विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टी चिनिया कम्युनिष्ट पार्टीको इतिहासबाट धेरै कुरा सिक्न बाँकी रहेको पनि धारणा राख्नुभयो ।
प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
Party School China by Anonymous rEfvLu on Scribd







प्रतिक्रिया दिनुहोस्