ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज विश्व योग दिवस, नेपालमा विविधि कार्यक्रम गरी मनाइदै


एबीसी न्यूज
असार ७, २०७५ बिहीबार  ८ : ३९ बजे

काठमाडौं, ७ असार  । आज देशभर विविध कार्यक्रम गरी चौँथो अन्तर्राष्ट्रिय योग दिवस मनाइदैछ ।

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गर्नुभएको थियो ।

प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले समर्थन गर्नुभएको थियो । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।

संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । योग दिवसका अवसरमा विभिन्न संघ संस्थाले बिहीबार विविध कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतको सकारात्मक गुणको विकास हुन्छ ।

सभामुख कृष्णबहादुर महराको उपस्थितिमा बिहीबार बिहान छ बजे नेपाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा योग शिविर संचालन गरिने छ । कार्यक्रममा मन्त्री लगायत विशिष्ट सरकारी अधिकारीको पनि उपस्थिति रहने आयोजक पतञ्जलि योग पीठले जनाएको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुवेद विभागको आयोजनामा बिहान छ बजे स्वास्थ्य सेवा विभाग टेकुबाट र्याली शुरु गरिने आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले जानकारी दिनुभयो ।

र्यालीमा विद्यार्थी, कर्मचारी, सर्वसाधारण लगायतको सहभागिता रहने छ । मन्त्रालयमा आएपछि योग अभ्यास सहितको विशेष कार्यक्रमको आयोजना गरिने जनाइएको छ । कार्यक्रमलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सम्बोधन गर्नुहुनेछ ।

योग दिवस मूल आयोजक समितिका तर्फबाट शिक्षा मन्त्रालयले दिउँसो साढे एक बजे प्रज्ञा प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालय योग विभाग प्रमुख डा. हरिप्रसाद पोखरेल, आचार्य पथिक, सोनाम साथी र स्वामी आनन्द अरुणले प्रवचन दिनुहुने मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो । कार्यक्रम कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुनेछ ।

नेपालको अमूल्य निधिका रुपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडिवुटीको विकास एवम् विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वथ्य, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भुमिमै भएको विश्वास गरिन्छ । भगवान् शिवले पत्नी पार्वतीलाई पहिलो पटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय वर्णन पाइन्छ ।

शिव र पार्वतीबीचको संवादलाई प्रचारप्र्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भएपनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनर्जागरण भएको छ । -रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com