
काठमाडौं, ६ असार । प्रधानमन्त्री के.पि शर्मा ओलीले नेपालमा लगानीमैत्री वातावरण प्रारम्भ भएकाले लगानीका लागि व्यवसायिक साझेदारी गर्न आग्रह गर्नु भएको छ ।
छ दिने चीन भ्रमणका लागि मंगलबार बेइजिङ पुग्नुभएका प्रधानमन्त्री ओलीले बुधबार चीन स्थित नेपाली राजदुतावासले आयोजना गरेको नेपाल र चीनका व्यवसायीहरुबीच गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सरकार नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताउनु भयो । भौगोलिक सामाजिक साथै अन्य विभिन्न तबरबाट धनि हु“दा हु“दै पनि पछि परेको नेपाल अब आर्थिक लगानीको क्ष्ँेत्रमा मात्र नभई हरेका क्षेत्रमा सक्षम हुने बताउनु भाये ।
सात दशक लामो राजनितीक खालखण्डपछि बनेको स्थिर सरकार विकास र समृद्धिका लागि सबैसंग सहकार्यमा निती क्षेत्रको पनि पनि मत्वपुर्ण पाटो भएकोले यसको विकास र लगानी मैत्री वातावारण निर्माणका लागि सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । अबको नेपाल लगानीमैत्रीसंगै लगानीका लागि सुरक्षित गन्तव्य भएको पनि दावी गर्नु भयो ।
स्रोत साधनमा धनी नेपाल आधुनिक प्रविधिसंग जोडिन नसकेको बताउदै २१ र्औ सताब्दीको आर्थिक रुपमा मात्र नभई प्रविधि पनि उत्कृष्ठ भएकोले चीनको उत्पादित प्र्रविधिको प्रयोग नेपालको विकासका लागि टेवा पु¥याउने आशा प्रकट गर्नु भयो । विकास उन्मखु राष्ट्रबाट सन् २०३० सम्म नेपाललाई मध्यम आय राष्ट्र बनाउनका लागि पुर्वधार विकास अति आवश्यक रहेको बताउनुभयो । लगानीकर्ता संधै लगानमैत्री वातावरण खोज्ने भएकोले नेपाल सहि गन्तव्य भएको बताउनु भयो । चीन र नेपाल बीच पछिल्लो समय सम्झौता भएका विभिन्न महत्वकांक्ष्ँी योजनाहरुले दुइ देश बीचका नागरिकबीच सेवा सुविधा समेत बढ्ने बताउनु भयो । नेपाल दुई ठुला देश भएता पनि उत्पादन क्षमता नभएकोले पनि नेपाल लगानीमैत्री भएको दावी गर्नु भयो ।







प्रतिक्रिया दिनुहोस्