ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै ओबाएनन् बेपत्ता परिवारजनका आँखा


एबीसी न्यूज
असार ५, २०७५ मंगलबार  ११ : २४ बजे

 रोल्पा, ५ असार । सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका पश्चिम रोल्पाकी सामना पुनका आँखा अझै ओबाएका छैनन् ।

९० वर्षीया पुनको बुढो शरीर, चाउरिएको अनुहार, सेतै फुलेको कपाल, कुप्रो शरीर अझै पनि छोरोको प्रतिक्षामा बाटो हेर्दै दिन गुजार्न बाध्य छ । सहारा गुमाएपछि विवाहित छोरीसँगै बस्दै आएकी पुनले भक्कानिँदै भन्नुभयो “कति हिउँद बिते, कति वर्षात्का समय बिते, कति ऋतु बदलिए तर छोराको माया बदलिएको छैन । पढ्न गएको छोरो पढेर ठूलो मान्छे बनेर फर्कने आश अझै पनि मरेको छैन ।”

उहाँ भन्नुहुन्छ, “वर्षाैं बितिसक्दा पनि छोरो फर्किएन । छोरासँगै पढ्न गएका उसका साथीहरु कोही मास्टर बनेर फर्किए, कोही लाहुरे बनेर फर्किए, तर छोराको अत्तोपत्तो छैन । मन रुन्छ, रुनुबाहेक मन बुझाउने कुनै उपाय छैन । छोराले पढ्यो भने बुढेशकालमा हेर्ला भन्ने आशाले पढ्नका लागि घरबाट पठाएका थियौँ । बिनाकारण बाटोबाटै अपहरण गरी बेपत्ता पारियो, अझैसम्म पनि छोराको अत्तोपत्तो छैन ।मेरो छोराले कस्को के बिगारेको थियो र अनाहकमा सजाय पायो ? यौटै प्रश्न दोहो¥याउँदै उहाँ धेरै बेरसम्म भक्कानिनुभयो ।

यस्तै, उमेरले ७० वसन्त पार गरिसकेकी थबाङ गाउँपालिकाकी मैना बुढाले पनि छोराकै आशमा दिन गुजारी रहनुभएको छ । २०५५ साल चैत्र ,९ गते दश वर्षे सशस्त्र युद्धका समयमा गाई बस्तु चराउन गएको १४ वर्षीय छोरा जंगलबाट अपहरणमा परेपछि उहाँको पनि आजसम्म अत्तोपत्तो छैन ।

बुढेशकालमा जन्मिएको एकमात्र छोरा बाँचुञ्जेल पालोस् मरे पछि चितासम्म पु¥याओस् भन्ने बुढाको सपना थियो तर बीचमै तोडियो । केही वर्षअघि श्रीमानको  पनि निधन भएपछि उहाँपनि छोरीहरुको सहायतामा बस्दै आउनुभएको छ ।

“बिदाका बेला छोराका दौतरीहरु लाहुरबाट घर फर्किन्छन् तर छोरो फर्किदैन । छोरो भएको भए बुहारी हुन्थी, नाति नातिनी हुन्थे घरआँगन कति उज्यालो हुँदो हो । यही सम्झेर रुन्छु रुदाँरुदाँ आँखा बसीसके तर पापी मन मान्दैन” उहाँले डाँको हाल्दै आफ्नो कथा व्यथा सुनाउनुभयो ।

यस्तै, लुग्री गाउँपालिका रोल्पाका भक्तबहादुर सुनारका छोरा पनि सशस्त्र युद्धका बेला गाउँबाटै अपहरणमा पर्नुभएको थियो । यसरी धन कमाउने उमेरको छोरो अपहरणमा परेर बेपत्ता पारिएपछि सुनार परिवार पनि अझैसम्म विक्षिप्त बनेको छ ।

“हाम्रो छोरो पनि बेपत्ता नपारिएको भए हिजोआज अरुका छोराजस्तै धन कमाएर लाहुरबाट फर्किँदो हो ।” सुनारले भन्नुभयो ।

“म त बाहिर निस्कन्छु, काममा जान्छु, मन बुझाउँछु, उस्की आमा त अझै पनि छोराकै यादमा घरीघरी बेहोस हुन्छे, डाको हालेर रुन्छे उसलाई सम्हाल्न झन गाह्रो छ । जीउ कमजोर बन्दै गएको छ । छोरो बेपत्ता नपारिएको भए धन कमाउथ्यो होला अरुका छोराजस्तै लाहुरे बनेर घर फर्कन्थ्यो होला भन्छे । सपनीमा पनि बर्बराउछे उस्लाई सम्हाल्न झन गाह्रो छ,” उहाँले भन्नुभयो ।

तर आज उसको यादमा तड्पिनुको पीडा हामीले पो भोगेका छौ, अरुलाई के थाहा आँशु पुछ्दै सुनारले भन्नुभयो । सुनार परिवारमा पनि ‘आमा…’ भन्दै छोरो घर फर्कन्छ कि भन्ने झिनो आशा अझै बाँकी छ ।

यी त प्रतिनिधि पात्रमात्र हुन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको तथ्यांकअनुसार सशस्त्र युद्धका समयमा रोल्पा जिल्लाका ३० गाविसका ६९ जना बेपत्ता पारिएका छन् । हालसम्म पनि उनीहरुको अवस्था अज्ञात छ । बेपत्ता पर्नेमा सबैभन्दा बढी कोर्चाबाङ गाविसबाट सातजना र तत्कालीन लिबाङ गाविस हालको रोल्पा नगरपालिकाबाट छ जना रहेका छन् ।

आफन्तको जिउँदो मर्दाे खबर नपाउँदा अझै पनि बेपत्ता परिवारका सदस्य तड्पीरहेका छन् । रुँदारुँदा उनीहरुका आँखा ओबाएका छैनन् । एकातिर परिवारमा बेपत्ता पारिएको व्यक्ति घर फर्किहाल्छ कि भन्ने झिनो आशा छ भने अर्काेतिर लाश मात्र देख्न पाए पनि मन बुझाउन सकिने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com