बुधबार मात्रै प्रहरीले नयाँ बसपार्कको एक होटेलमा छापा मारेर विदेश पठाउने बाहानामा थन्क्याएर राखिएका ४० वटा पासपोर्ट जफत गरेको छ । राहदानी संकलन गरी राखेको आरोपमा महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्क मित्रनगरमा रहेको स्वर्गद्वारी गेस्ट हाउसका संचालक रोल्पा मावि गाउँपालिका–४ का प्रेमबहादुर बिकलाई पनि पक्राउ गरेको छ । राहदानीसहित प्रहरीले विकलाई वैदेशिक रोजगार विभागमा बुझाएको छ ।
यस्ता केन्द्रहरु म्यानपावरले तोकिएकोभन्दा बढी पैसा अशुल्ने स्थानका रुपमा प्रयोग गरिरहेका छन् । उनीहरुले नै मिलेमतोमा एजेन्टका लाखभन्दा बढी शुल्क अशुल्ने र म्यानपावरबाट १० हजारको रसिद थमाउने गरेका छन् । यस्ता पासपोर्ट संकलन केन्द्रले लामो समयसम्म पासपोर्ट होल्ड गरेर राख्ने गरेको पनि पाइएको छ ।








प्रतिक्रिया दिनुहोस्