काठमाडौं, २३ जेठ । दुई कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र माओवादी केन्द्र एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।
निर्वाचन आयोगले बुधबार जारी गरेको विज्ञप्ति अनुसार नव गठित पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को रुपमा दर्ता भएको छ ।
ऋषिराम कट्टेल नेतृत्वको पार्टी नेकपासंग नाम जुधेपछि दल दर्ता प्रक्रियामा विलम्व भएको थियो । तर, आयोगले नाममा नेपाल कम्युनिस्ट पार्टीसंगै (ने क पा) राखेर नव दल दर्ता गरिदिएको छ ।








प्रतिक्रिया दिनुहोस्