ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले गर्यो १० राजदूतलाइ फिर्ता बोलाउने तयारी ( नामसहित )


एबीसी न्यूज


काठमाडौँ, २३ जेठ । सरकारले झण्डै एक दर्जन राजदूतहरुलाई फिर्ता बोलाउने भएको छ ।
कार्यदक्षतामा समस्या देखिएको भन्दै सरकारले १० वटा देशबाट राजदूत फिर्ता लिन लागेको हो । फिर्ता गर्न लागिएकोमा अधिकांश काँग्रेस, राप्रपा र तत्कालिन फोरम लोकतान्त्रिकबाट राजदूत भएकाहरु छन् ।

राजदूत फिर्ता बोलाउन लागिएकोमा कांग्रेसबाट राजदूत बनेका ६ जना छन् । जसमध्ये दक्षिण कोरियाका अर्जुनजंगबहादुर सिंह , म्यानमारका भीम उदास, बंगलादेश चोपलाल भुसाल, श्रीलंकाका विश्वम्भर प्याकुरेल, कतारका रमेशप्रसाद कोइराला कतार र यूएईकी आशा लामा रहेकी छिन् ।

यसैगरी, राप्रपाको कोटामा राजदूत बनेकी जापानकी राजदूत प्रतिभा राणा, स्पेनका भरत रायमाझी र इजरायलका निरन्जन थापालाई पनि फिर्ता बोलाइने भएको छ । राणा काँग्रेस सभापति शेरबहादुर देउवाकी सासु हुन् । रायमाझी नेपाली सेनाका पूर्व सहायक रथी हुन् भने थापा पूर्व गृहराज्यमन्त्री हुन् ।
यस्तै, तत्कालिन फोरम लोकतान्त्रिकको कोटामा राजदूत बनेकी ओमानकी राजदूत शर्मिला पराजुलीलाई पनि फिर्ता बोलाइने भएको छ । फोरम लोकतान्त्रिक अहिले काँग्रेसमा विलय भइसकेको छ ।

तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला काँग्रेस र राप्रपाबाट नियुक्त भएकाहरुलाई तत्कालै फिर्ता बोलाउन लागिएको स्रोतले बतायो । उनीहरुलाई फिर्ता बोलाएर योग्य व्यक्तिहरुलाई राजदूतमा नियुक्ति गर्ने तयारी गरकेो सरकारको दाबी छ । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि डेढ महिनादेखि नयाँ मापदण्डको गृहकार्य गरिरहेको छ ।

भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स -यूएई- मा अहिले राजदूत रिक्त छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा स्थायी प्रतिनिधिको अवधि पूरा भइसकेको छ। रिक्त स्थानमा पनि आगामी केही सातामै राजदूत नियुक्त हुनेछन् ।
यसैगरी, सरकारले विदेशमा रहेका नेपाली नियोगहरु हेरफेर गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com