
काठमाडौं,२२ जेठ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदुषित गाडीहरूलाई हटाएरै छोड्ने उद्घोष गरेका छन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,‘मंगलवारबाटै स्वच्छ वातावरण महाअभियान सुरु हुन्छ, हामी कार्यान्वयन गरेरै छाड्छौं, प्रदुषित गाडीहरू मन्त्रीहरू वा प्रधानमन्त्री जोसुकैको भए पनि छोड्दिन।’
साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले भोलिबाट ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ सञ्चालन गर्ने बताएका छन्।
उनले धुलो र धूँवाबाट प्रताडित जनतालाई मुक्ति दिलाउनको लागि आफूहरूले फोहोर व्यवस्थापन र सरसफाइ, प्रदुषण नियन्त्रण, हरियाली प्रर्वद्धन र स्वच्छ वातावरण बनाउन उक्त महाअभियान सञ्चालन गर्न लागेको जनाए ।
उनले विश्व वातावरण दिवसको अवसर पारेर आज उक्त महाअभियानको उद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने समेत जानकारी दिए । विकासको लागि आफ्नो मन्त्रालय बाधक नबन्ने उनको भनाइ छ । उनले भने,‘हामी विकासको बाधक बन्दैनौं, तर वातावरणमैत्री विकास हुनुपर्छ, यसको लागि विभिन्न मन्त्रालयहरूसँग छलफल गरिरहेका छौं।’







प्रतिक्रिया दिनुहोस्