काठमाडौ, २१ जेठ । प्रधानमन्त्री केपी ओलीले छिमेकी राष्ट्रसँग अनुचित कुनै पनि सम्झौता नभएको बताउनुभयो।
प्रदेश ३ को संसदलाई सम्बोधन गर्दै ओलीले सार्वभौम समानताका साथ नै सम्बन्ध उठाएको बताउनुभयो । राष्ट्रियताको महत्व, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाभिमानको रक्षा छोड्न नसक्ने नेपाली मान्यता पनि उँहाले बताउनुभयो ।
बिग्रिएको छिमेकीसँगको सम्बन्ध नयाँ परिभाषासहित सुधारिएको उँहाको दाबी छ। ‘झुकेर कुनै सम्झौता भएको छैन,’ उहाले भन्नुभयो, ‘प्रधानमन्त्री पहिले कहाँ गयो, मुख्य प्रश्न होइन। राष्ट्रिय हित भयो कि भएन, त्यो मुख्य कुरा हो।’
नेपालको शान्ति प्रक्रियालाई विश्वले अनुशरण गरेको भन्दै उहाँले अमेरिका र उत्तर कोरिया पनि नेपालकै राजनीतिक संस्कार अनुसार नै अगाडि बढेको बताउनुभयो । ‘हिंसा आवश्यक छैन’, ओलीले भन्नुभयो, ‘नेपालमा विकासका लागि विखण्डन र द्वन्द्व रोक्नुपर्छ ।’
सरकारले पछाडि परेका र दुर्गमका नागरिकलाई अगाडि ल्याउने गरी काम गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले नेपाललाई द्वन्द्वमा धकेलिरहने काम अब कहिल्यै नआउने बताउनुभयो ।
‘अहिले शान्तिपूर्ण भने पनि पृथकतावाद लाद्नका लागि शान्तिपूर्ण भनिएको आरोप छ’, ओलीले भन्नुभयो, ‘अब पनि क्रान्ति गर्छु भनेर देशलाई द्वन्द्वमा धकेल्न हुँदैन ।’ उहाँले अहिलेको सरकारको काम कारबाही देशको नियम कानुनसम्मत भएर अगाडि बढ्ने जिकीर गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्