
काठमाडौं, १७ जेठ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीलाई जेल चलान गरिएको छ ।
जिल्ला अदालत, मोरङमा भएको बयान र थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो ।
एसएसपी खत्रीले सुन प्रकरणका चर्चित तस्कर गोरे मोरङ जिल्ला कारागारमा रहेकोले आफू असुरक्षित भन्दै उनले झुम्का कारागारमा लैजान माग गरेका छन्।
सुन प्रकरणमा समातिएका गोरेबाहेकका अभियुक्त पनि झुम्कामै राखिएका छन्।
उनले बिहीबारै जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । र, जिल्ला न्यायधिश नारायणप्रसाद शर्माको ६ नं. इजलासमा १२ पृष्ठ लामो बयान लिइएको थियो ।







प्रतिक्रिया दिनुहोस्