
काठमाडौं, १७ जेठ । स्वास्थ्य मन्त्री पद्य्मा अर्यालले वीर अस्पतालको नाममा चन्दा संकलन हुनु गैरकानुनी भएको भन्दै घटनाको छानविन गरिने बताउनुभएको छ ।
वीर अस्पतालको सरसफाईका लागी चन्दा संकलन भईरहेको समाचार सार्वजनिक भएपछि अस्पतालमा पत्रकार सम्मेलन गर्दे उहाले चन्दा संकलन गरि अस्पतालको सरसफाई गर्ने नीति सरकारको नभएको भन्दै यस बिषयमा छानविन हुने बताउनुभयो । उहाले वीरको रंगरोगन मन्त्रालयले गर्ने स्पस्ट पार्नुभयो । उहाले आफुले फोटो खिचाउनका लागी मात्रै कुचो नसमातेको स्पष्ट पार्दे वास्तविक रुपमा नै सरकारी अस्पतालको सफाईको खाचो रहेको धारणा राख्नुभयो ।
मन्त्री अर्यालले सुरुवाती चरण देखि अहिलेसम्म आइपुग्दा अस्पतालले मुहार फेरेको भन्दै यसमा सहयोग गर्नका लागी केहि संस्थाहरुको सहयोग लिईएको बताउनुभयो ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्टिूय प्रतिष्ठानका उपकुलपति डाक्टर गणेश गुरुङले राम्रो कामको लागी जनताले सहयोग गर्नु स्वभावीक रहेको भन्दै चन्दा संकलन गरेरै अस्पतालको सफाई गर्ने कुनै नीति रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा वीर अस्पतालमा सरसफाइ र रंगरोगन गर्नका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले रकम उठाएको आरोपको सामाजिक अभियन्ता एवं कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले खण्डन गर्नुभयो । उहाले वीर अस्पतालको नाममा आफूहरुले चन्दा संकलन नगरेको बताउनुभयो ।
उहाले राम्रो काम गरेको भन्दै सहयोगीहरुले अस्पतालमा उपस्थित भएर सहयोग गर्न चाहन्छु भनेपछि अस्पताललाई जानकारी गराएर सहयोग लिएको दाबी गर्नुभयो । त्यस क्रममा पाएको सहयोगलाई सामाजिक सञ्जाल मार्फत पारदर्शी ढंगले सार्वजनिक गरेको उहाको भनाई छ । वीर अस्पतालको रंगरोगनको लागि हालसम्म १४ लाख ६४ हजार ८ सय ३५ रुपैंयाँ प्राप्त भएको उहाले जानकारी दिनुभयो ।







प्रतिक्रिया दिनुहोस्