
चितवन,१७ जेठ । चितवन मालपोत कार्यालयका नायव सुब्बा मनोज निरौला र कार्यालय सहयोगी शंकरप्रसाद धिताल घुस रकम सहित पक्राउ परेका छन् ।
लालपुर्जा र फिल्डको क्षेत्रफल मिलान गरिदिने भन्दै सेवाग्राहिसँग २५ हजार रुपैयाँ घुस मागिरहेको सूचनाको आधारमा निरौला र धिताललाई अख्तियारको कार्यायल हेटौंडाबाट खटिएको टोलीले मालपोत कार्यालयबाटै २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्