ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दिपसहित विश्व एघार आज वेस्टइण्डिजबिरूद्ध खेल्दै


एबीसी न्यूज
जेष्ठ १७, २०७५ बिहीबार   ११ : ४२   बजे

इङ्ल्यान्डको लर्डस मैदानमा आज विश्व च्याम्पियन वेष्टइन्डिज र विश्व एघारबीच मैत्रीपूर्ण च्यारिटी टी २० प्रतियोगिता हुने भएको छ।

पछिल्लो साल आएको आँधीले क्षतिग्रस्त वेष्टइन्डिजका मैदानको पुनर्निर्माणका लागि रकम उठाउन आइसिसिले यो प्रतियोगिता आयोजना गरेको हो।  यस प्रतियोगितालाई आइसिसिले अन्तर्राष्ट्रिय टी–२० को मान्यतासमेत दिएको छ।

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीको नेतृत्वमा रहेको विश्व एघारले नेपाली समय अनुसार आज राति १०स्४५ बजे वेष्टइन्डिजविरूद्ध खेल्नेछ।

इंग्ल्याडका कप्तान इयोन मोर्गन घाइते भएपछि अफ्रिदीलाई कप्तानको जिम्मेवारी दिएको हो।

अफ्रिदीले सन् २०१७ मै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका थिए।

विश्व एघारको कप्तान भएसँगै अफ्रिदीले ट्विट गर्दै राम्रो कामको लागि खेल्न लागिएको क्रिकेटमा सबैको समान र उच्च प्रदर्शन हुने आशा गरेका छन्।

‘आईसीसी विश्व एघार टिमको नेतृत्व पाउनु ठूलो सम्मानको कुरा हो। त्यो पनि यस्तो राम्रो कामका लागि म विश्वस्त छु कि सबै खेलाडी यस प्रतियोगिताको तिब्र प्रतिक्षामा छन्। यसमा दर्शकले पनि उच्चस्तरीय क्रिकेट हेर्न पाउनेछन्।’

विश्व एघारको प्रारम्भिक टोलीमा केही परिवर्तन भएको छ। मोर्गन, अफ्रिदी, शोएब मलिक, थिसारा परेरा, राशिद खान, शाकिब अल(हसन, तमीम इकबाल, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, ल्यूक रोंची, मिशेल मेक्लेघनजस्ता खेलाडीलाई यसअघि समावेश गरिएकोमा केही खेलाडीले आफ्नो नाम फिर्ता लिएका छन्। यस्तै नेपाली युवा खेलाडी सन्दिप लामिछानेसहित केही अरू नयाँ खेलाडीलाई स्थान दिइएको छ।

पाण्ड्याले पनि आफ्नो नाम फिर्ता लिएका छन् भने उनको स्थानमा मोहम्मद शामीलाई राखिएको छ। यस्तै मोर्गनको स्थानमा सैम बिलिंग्सले खेल्ने भएका छन्। इंग्ल्याण्ड आदिल राशिद र सैम कुरान पनि टिममा अटाएका छन्।

यता सन् २०१६ को आईसीसी टी–२० विश्वकप विजेता वेस्टइण्डिजको नेतृत्व कार्लोस ब्राथवेटले गर्ने छन्।

टिममा टी–२० का स्टारहरू क्रिस गेल, एन्ड्रे रसेल, एविन लेविस र बद्री जस्ता खेलाडी सहभागी छन्। गेल, एन्ड्रे रसेल र इवान लुइस हालै आइपिएलसमेत खेलेका थिए। डोपिङका कारण १ वर्षयता मैदान बाहिर रहेका एन्ड्रे रसल यस खेलबाट पुनरागमन गर्नेछन् ।

यसबाहेक मार्लोन स्यामुएल्स, एन्ड्रे फ्लेचर, रोवमान पोवेल, दिनेश रामदीन, केसरिक विलियम्ससहितका खेलाडीले वेष्टइन्डिजबाट खेल्नेछन्।

आईसीसी विश्व एघार टिम

शाहिद अफरीदी (कप्तान), साम बिलिङ्ग्स (विकेटकिपर), साम कुरान, तमीम इकबाल, टेमल मिल्स, दिनेश कार्तिक (विकेटकीपर), राशिद खान, सन्दीप लामिछाने, मिशेल मेक्लेघन, शोएब अख्तर, थिसारा परेरा, ल्यूक रौन्ची (विकेटकीपर) , आदिल राशिद  र मोहम्मद शामी ।

वेस्टइन्डिज: कार्लोस ब्राथवेट (कप्तान), स्यामुएल बद्री, रायाद एमरिट, एन्ड्रे फ्लेचर, क्रिश गेल, एविन लेविस, एश्ले नर्स, कीमो पउल, रोवमान पोवेल, दिनेश रामदीन (विकेटकीपर), एन्ड्रे रूसेल, मार्लोन सामुएल्स र केसरिक विलियम्स।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group