
काठमाडौं, १७ जेठ । मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/७६ सालको बजेट पारित गरेको छ । मंगलबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो । मंगलबार सार्वजनिक गरेको बजेटबारे छलफल गर्न आज ११ बजे व्यवस्थापिका संसदको बैठक बस्न लागेको हो ।
सरकारले ल्याएको बजेटबारे संसदमा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ । यही परम्परा अनुसार आजबाट संसद बैठक शुरु हुने र यो क्रम केही दिन चल्ने संसद् सचिवालयले जनाएको छ ।
सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको बजेट संसदमा प्रस्तुत गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्