ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिना स्वीकृत क्यासिनो संचालन गरी मदिरा बेचबिखनगर्दै टाइगर रिसोर्ट ( भिडियोसहित )


एबीसी न्यूज
जेष्ठ १७, २०७५ बिहीबार  ७ : ०२ बजे

रुपन्देही, १७ जेठ । रुपन्देहीको बनकट्टीमा ५ तारे होटल खुल्दैछ भन्ने कुरा सुन्दा जति स्थानीय वासिन्दा खुसी भएका थिए त्यो खुसी होटल संचालन भएको ६ महिना नपुग्दै पीडामा परिणत भएको छ । होटल संचालन भएपछि स्थानीयले रोजगारी पाउलान, होटल वरिपरिको जग्गाको मुल्य बढ्ला, स्वदेशी तथा बिदेशी पर्यटकको आवतजावत बढ्ला र स्थानीयको आयश्रोतमा बृद्दी होला भन्ने सपना होटलकै कारण चकनाचुर हुंदै गएको छ ।

रुपन्देहीको कोटीहवा बनकट्टीमा संचालित पाँच तारे होटल टाइगर रिसोर्ट संचालन भएको धेरै समय भएको छैन तर खुलेको छोटो समयमा नै रिर्सोट बिबादमा आउने गरेको छ । बिना स्वीकृत क्यासिनो संचालन गरी मदिरा बेचबिखन गरेर होस वा रिसोर्टको फोहोर नहरमा फाली जनस्वास्थ्य माथि गम्भीर खेलवाड गरेर होस होटल लगातार बिबादमा पर्दै गएको छ । अर्बौको लगानीमा रुपन्देहीको कोटीहवा बनकट्टीमा संचालित पाँच तारे होटल टाइगर रिसोर्टले फोहोर ब्यवस्थापन नगर्दा रिसोर्ट वरिपरिका स्थानीय वासिन्दाको स्वास्थ्यमा गम्भिर असर पु¥याएको छ । पाँच अर्ब बढीको बिदेशी लगानीमा संचालित होटल टाइगर प्यालेसले जथाभावी फोहोर नहरमा फाल्दा सि¨ो बनकट्टी गाउमा दुर्गन्ध फैलिएको छ ।

होटलले भान्सा, स्वीमिङ्ग पुल, लण्ड्री आदीको पानी गाँउको बिचबाट बग्ने अमवा नहरमा सिधै मिसाएको छ । टाइगर प्यालेसले दुइ वटा ठूलो पाइप राखेर होटलको फोहोर पानी सिधै कुलोमा फाल्ने गरेको छ । होटलले रातको समयमा सेफ्टी ट्याङ्कीको फोहोर सिधै नहरमा फाल्ने गरेको स्थानीय वासिन्दाको आरोप छ । होटलका कारण बनकट्टी, गंगापुर, कर्मडाडा र अमवामा समेत सिचाइ गर्ने अमवा नहर प्रदुषित बनेको छ । कुलो नजिक दुर्गन्धले नाक थुन्नु पर्ने अवस्था छ भने नहरमा पानीको रङ्ग कालो निलो देखिन्छ । दुर्गन्धित नहरकै कारण गाँउका घरपालुवा जनावर बिरामी पर्न थालेको स्थानीय बताउ“छन् । नहरको पानी खाएर बाख्रा समेत मरेको स्थानीय साबित्री कोईरीले बताइन ।

नहरकै कारण गाँउमा गत चैतमा झाडापखाला समेत फैलिएको स्थानीय सरस्वती उपाध्याय बताउंछिन् । बाईट…..
अमुवा नहर बिगत लामो समय देखि बनकट्टीका स्थानीयको बस्तुभाउलाई पानी तथा लुगा धुन र करेसा बारी सिचाइकालागि प्रमुख श्रोत बन्दै आएको थियो । दुर्गन्धित नहरकै कारण गाँउमा लामखुट्टे तथा अन्य रोगका जिवाणु फैलने संभावना बढेको छ ।
५ अर्बको विदेशी लगानी हु“दा कम्तीमा १५ करोडको सामाजिक उत्तरदायित्व बहन सहितको सामाजिक सहयोग तथा संरचना निर्माण गरीदिनुपर्नेमा रिर्सोटले न्युनतम सामाजिक उत्तरदायित्व समेत बहन गरेको छैन । होटल संचालन गर्दा स्थानीयलाइ काम दिने, २५ फुटको बाटो निर्माण, नहरलाइ पक्की बनाउने सार्वजनिक संरचना निमार्ण गरीदिने प्रतिबद्धता जनाएको भएपनि होटल संचालनमा आएपछि संचालकहरु सम्झौताबाट पछि हटेकाछन् । यस बिषयमा प्रतिकृया लिन होटलका जनरल म्यानेजर ब्रिटलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन सकेनन् । रिसोर्टले होटल संचालन गर्दा झण्डै १ बिगाहा बढी सार्वजानीक जग्गा समेत मिचेको पाईएको छ । तिलोत्तमा १५ र १३ नम्बर वाडमा रहेको होटलले जग्गा मिचेको १५ नम्बर वडा अध्यक्ष खेमराज गुरुङले स्विकार गरेपनि जग्गा दिनुको कारण भने भन्न नमिल्ने बताउंछन् ।

सरकारी जग्गा निजी ब्यवसायीलाई दिने अधिकार मन्त्रीपरिषद बाहेक अरुलाई कानुनले दिएको छैन । तिलोत्तमा नगरपालिकाका जन प्रतिनिधिहरुले भने स्थानीय क्लबलाई केहि रकम दिएको भरमा होटलले जग्गा उपयोग गरेको बताउंछन् ।

त्यसो त ग्रिन तिलोत्तमा क्लीन तिलोत्तमाको नारा सहित तिलोत्तमा नगरपालिकाले हिजोआज नगरप्रमुख कै सहभागितामा दिनहु सरसफाईका कामहरु गदै गर्दा टाईगर रिसोर्टको त्यति ठुलो लापरवाहि कसरी लुकिरहेको छ त ?

नगरलाई स्वस्थ, स्वच्छ र हराभरा बनाउन र त्यस बिपरित काम गर्नेलाई कारवाहि गर्नेे अधिकार समेत स्थानीय तहलाई संबिधानले ब्यवस्था गरेको छ । तर स्थानीय तहका अधिकारीहरु या त आफ्नो अधिकार थाहा नपाएर वा त्यस्ता ब्यवसायीसंग मिलोमतो गरि जनबिरोधी काम हुन दिने गरेको पनि पाईएको छ । तिलोत्तमा नगरपालिकाले वाताबरण बिरोधी रिसोर्टलाई कारवाहिको दायरामा ल्याउन सक्ला त ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com