
काठमाडैं, १६ जेठ । सरकारले आव २०७५।०७६ मा सुरक्षा क्षेत्रका लागि १ खर्ब रूपैयाँ विनियोजन गरेको छ।
शान्ति सुरक्षालाई चुस्त र दुरूस्त पार्न सरकाले सुरक्षा निकायलाई आधुनिकिकरण र विकासका निम्ति ९९ अर्ब ४२ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको शान्ति सुरक्षा र रक्षामा छुट्टाएको बजेट आगामी आवका लागि विनियोजित कुल बजेटको ७.५६ प्रतिशत हो।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभाग गरी करिब २ लाख भन्दा बढी सुरक्षाकर्मी कार्यरत सुरक्षा संगठनको चालू र पूँजिगत शीर्षकमा गतवर्ष सरकारले १ खर्ब १७ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो।
गत वर्ष सार्वजनिक चालू आवको कूल बजेट १२ खर्ब ७८ अर्ब ९९ करोड रूपैयाँ रहेकोमा गृह र रक्षा मन्त्रालयका लागि विनियोजित बजेटको हिस्सा करिब ८ प्रतिशत थियो।
चालू आवका लागि चुनाव र सेनाको हेलिकप्टर खरिद बाहेक विनियोजित रकम मध्ये सैनिक सुरक्षामा ४४ अर्ब ९५ करोड ५९ लाख २० हजार र सार्वजनिक शान्ति सुरक्षातर्फ ५० अर्ब ६२ करोड ८९ लाख ५० हजार रूपैयाँ विनियोजन गरिएको थियो।
२०६७ सालबाट थालिएको नेपाली सेनाको ‘बंकरबाट ब्यारेक’ कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिइएको छ।
२०६७ देखि २०७२ सम्म ५ वर्षसम्म १ अर्ब रुपैयाँका दरले सेनाको बंकर विस्थापन गरी सुरक्षित आवास निर्माणमा बजेट बिनियोजन गरेकोमा त्यसपछिको ४ वर्षमा ५० देखि ७० करोड रूपैयाँसम्म सेनाको ब्यारेक निर्माणमा खर्च हुने गरेको थियो।







प्रतिक्रिया दिनुहोस्