
काठमाडौं, १५ जेठ । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ सालको आय व्ययको अनुमानित विवरण (बजेट) पेश गर्दैछन् ।
अर्थमन्त्रीले बजेटको आकार नखुलाए पनि १३ खर्बभन्दा माथिको हुने एक मन्त्रीले बताएका छन् । बजेटका प्राथमिकता सबल नागरिकलाई काम र रोजगारीको क्षेत्र पहिचान गर्ने ,वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराउँदै अर्थमन्त्री । लामो समयपछि भुक्तानी सन्तुलन घाटामा गएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गरेका छन् ।
मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/७६ सालको बजेट पारित गरेको छ । मंगलबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।
विश्वविद्यालय अनुदानमा १४ अर्ब, ग्रामीण दूरसुञ्चार कोषको रकम प्रयोग गरेर सबै विद्यालयमा इन्टरनेट, मदन भण्डारी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापना गरिने , विश्वविद्यालय अनुदानमा १४ अर्ब ,ग्रामीण दूरसुञ्चार कोषको रकम प्रयोग गरेर सबै विद्यालयमा इन्टरनेट , ७० वर्षभन्दा माथिका १ लाखसम्मको स्वास्थ्य विमा गरिने , महिला बालबालिका क्षेत्रमा १ अर्ब ८८ करोड १२ लाख बजेट, प्रत्येक प्रदेशमा १ जेष्ठ नागरिक आरोग्य आश्रम स्थापना गरिने, दुर्गम क्षेत्रमा आपतकालीन सुत्केरीको उद्दारका लागि एयर एम्बुलेन्स उपलब्ध गराइने, सामाजिक सुरक्षामा रहेका कुनै पनि व्यक्तिले दोहोरो सुविधा नपाउने व्यवस्था गरिने ,
कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने
भू उपयोग सम्बन्धी कानुन संसदको यसै अधिवेशनमा पेश गर्ने
प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेशमा जैविक विषादी प्रयोगशाला स्थापना
इजाजत लिएर मात्र घर जग्गा खरिद बिक्री गर्न पाइन
भू उपयोग सम्बन्धी कानुन संसदको यसै अधिवेशनमा पेश गर्ने
२६ जिल्लाका गरिब परिवारलाई आगामी वर्ष परिचयपत्र दिने । बाँकीलाई २ वर्षभित्र दिने
बृद्धि भत्ता बढेन
उद्योग दर्ता गर्न सरल बनाइने
प्रत्येक स्थानीय तहमा उद्योग ग्राम
निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र
औद्योगिक उत्पादनमा ५ प्रतिशतसम्म निर्यात अनुदान
प्रत्येक स्थानीय तहमा सहकारीमार्फत सुपथ मूल्य पसल खोलिने
गरिबलाई आधारभूत मूल्यमा उपभोग्य वस्तु खरिदका लागि अनुदान दिइने
उद्योग वाणिज्य र आपूर्ति क्षेत्रमा १० अर्ब
भिजिट नेपाल २०२० सञ्चालन गरिने
१०० वटा पर्यटकीय गन्तव्य पहिचान गरी प्रवर्द्धन गरिने
स्तरीय होटल तथा पर्यटन पूर्वाधार विकासमा सहज बनाइने
हिमाल आरोही र पर्यटकको आकस्मिक उद्दार प्रभावकारी बनाइने
सबै स्थानीय तहमा हेलिप्याड निर्माण







प्रतिक्रिया दिनुहोस्