चितवन, १४ जेठ । आयोजना निर्माणको ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीहरुलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले ३८ आयोजनाका ठेकेदार कम्पनीहरुको नामावली गृह मन्त्रालयमा पठाएको छ ।
विभिन्न सरकारी कार्यालयबाट आयोजनाको ठेक्का लिएका तर समयमा काम नगर्ने ठेकेदारहरुको नामावली संकलन गरी पठाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए।
जिल्लामा ३८ योजनाको जिम्मा लिएर तोकिएकोे समयमा काम नगर्ने ठेकेदारको विवरण केन्द्रमा पठाइएको जानकारी दिँदै उनले कतिपय आयोजनामा पेश्की रकम लिएर पनि काम नगरेको पाइएको जानकारी दिए । चितवनमा सडक, सिंचाइ र पुलको काममा ठेकेदार पक्षबाट लापरवाही भएको देखिएको छ ।
डिभिजन सडक कार्यालय चितवन अन्तर्गत आयोजनाको जिम्मा लिएर काम नगर्ने ३१ वटा निर्माण कम्पनी रहेका छन् ।
भूमिगत तथा जल सिंचाई विकास डिभिजन कार्यालय अन्तर्गत ३, जिल्ला प्राविधिक कार्यालय अन्तर्गत १ र शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय अन्तर्गत २ वटा ठेकेदार कम्पनीले समयमा काम सकेका छैनन् ।
कार्य प्रगतिका हिसाबले हेर्दा जम्मा ३८ आयोजनाका ठेक्कामध्ये १२ वटा ठेकेदारले ५० प्रतिशत पनि काम सकेका छैनन् । ३८ ओटा आयोजनामा २६ वटा ५० देखि ९० प्रतिशतसम्म काम सक्ने ठेकेदारहरु रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
काम सम्पन्न गर्नुपर्ने मितिबाट केही ठेकेदारले काम नै गर्न छाडेको पनि देखिएको छ । समयमा काम नगर्ने ठेकेदारलाई कामको प्रकृति र अवस्था हेरेर तत्कालै कारबाहीको प्रकृयामा लगिने प्रजिअ बस्नेतले बताए ।
गृह मन्त्रालयले काम नगर्ने ठेकेदारलाई यसअघि नै कारबाही गर्ने चेतावनी दिइसकेको छ ।
तोकेको समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीको नामावली
१. पूजा कन्सट्रक्सन, धादिङ (२ वटा आयोजना)
२. भिजन कन्सट्रक्सन
३. नाना कन्सट्रक्सन
४. प्याल्दोर हिमाल निर्माण सेवा, धादिङ (३ वटा आयोजना )
५. भरतपुर ब्रदर्श कन्सट्रक्सन प्रालि, भरतपुर
६. पृथ्वी निर्माण सेवा (२ वटा आयोजना)
७. ओ. एस. इन्जिनियरिङ निर्माण सेवा
८. बिराज शिवशक्ती न्यू तिनकन्या जेभी
९. प्यासिफिक बिल्डर्स प्रालि, सुकेधारा, काठमाडौं (२ वटा योजना)
१०. आजीवन निर्माण सेवा
११. जेएनडी कन्सट्रक्सन
१२. दिपाश्री इन्जिनियरिङ प्रालि, काठमाडौं (२ वटा आयोजना)
१३. काष्ठमण्डप कन्सट्रक्सन प्रालि, बल्खु, काठमाडौं
१४. आजीवन न्यू तिनकन्या जेभी
१५. आजीवन निर्माण सेवा
१६. इशान कन्सट्रक्सन
१७. त्रिशुली कन्सट्रक्सन
१८. शारदा निर्माण सेवा
१९. बज्रडङ कन्सट्रक्सन एण्ड सप्लार्यस
२०. रुपल सुप्रीम कन्सट्रक्सन
२१. डिभाइन लाईट कन्सट्रक्सन, भरतपुर (३ वटा आयोजना)
२२. सूर्यश्री कन्सट्रक्सन भरतपुर
२३. इको इन्जिनियरिङ
२४. नेपाल तराई निर्माण तथा डिप ट्युबवेल प्रालि, भरतपुर
२५. श्रीमन ड्रिलिङ्ग एण्ड कन्सट्रक्सन प्रालि
२६. महादेव ड्रिलिङ्ग उद्योग, खैरहनी
२७. भिमज्योती एमआरजेभी भरतपुर
२८. चिता एण्ड सल्लेरी एसोशियट्स प्रालि, भरतपुर
२९. पाल्पा इन्जिनियरिङ एण्ड विल्डसर्, रामग्राम परासी







प्रतिक्रिया दिनुहोस्