ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली सरकारका सय दिनः अर्गानिक, डिजिटल प्रदेशदेखि कर्णाली–रारा पर्यटन वर्षसम्म


एबीसी न्यूज


सुर्खेत, १४ जेठ । कर्णाली प्रदेश सरकारले आज राजधानी वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी १०० दिन कार्यकालको कार्य प्रगति सार्वजनिक गरेको छ ।

गत फागुन ६ मा सरकारले पूर्णता पाएसँगै कर्णाली प्रदेश सरकारले १०० दिनमा केही महत्वपूर्ण काम भएको जनाएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानमा उल्लेख भएबमोजिम निर्माण गर्नुपर्ने प्रदेश कानूनका सम्बन्धमा कर्णाली प्रदेश मन्त्रिपरिषद्ले नियमावली, आचारसंहिता र निर्देशिका स्वीकृत गरेको बताउनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय अभियानलाई सफल बनाउन यसबीचमा प्रदेशलाई दीर्घकालसम्म सकारात्मक असर पार्ने खालका महत्वपूर्ण निर्णय भएको उहाँले जनाउनुभयो । प्रदेश सरकार गठन भई कार्य प्रारम्भ गर्दा कमजोर भौतिक अवस्था, न्यून जनशक्ति, स्रोतसाधनको कमी जस्ता व्यवस्थापकीय चुनौतीका बीचबाटै मन्त्रिपरिषद्ले विभिन्न नीतिगत, कार्यगत र संरचनागत व्यवस्था गरेको उहाँको भनाइ थियो ।

सयदिनमा सरकारले अल्प, मध्य र दीर्घकालीन योजना निर्माण गर्नुका साथै दर्जनभन्दा बढी कानूनका लागि विधेयक ल्याएको मुख्यमन्त्री शाहीले बताउनुभयो । “प्रदेश सरकारले सरकार सञ्चालनमा सहयोग पुगोस् भन्ने हेतुले विभिन्न कार्यविधि, नियमावली र निर्देशिका पनि निर्माण गरेको छ,” उहाँले भन्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “सरकारले यो अवधिभित्र १३ वटा बैठक सम्पन्न गरेको छ । २० वटा कानून तर्जुमा र नौवटा विधेयक संसदमा पेश गरेको छ ।” यद्यपि संरचनागत समस्या प्रदेश सरकारले सोचेअनुसारको काम नहुनुमा बाधक बनेको उहाँको गुनासो थियो ।

प्रदेश सरकारका महत्वपूर्ण काम 

सरकार सञ्चालनका लागि प्रदेश सरकारले लिखत प्रमाणीकरण नियमावली, २०७४, प्रदेश सरकार (कार्य सम्पादन) नियमावली, २०७४, प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४, मन्त्रिपरिषद्का सदस्यका लागि आचारसंहिता, २०७४, प्रदेश मन्त्रिपरिषद्सम्बन्धी कार्यविधि, २०७४, कर्णाली प्रदेश सञ्चित कोष (सञ्चालन कार्यविधि) नियमावली, २०७५ स्वीकृत गर्नु र विभिन्न विधेयक पारित भएको मुख्यमन्त्रीले शाहीले सार्वजनिक गर्नुभयो ।

सरकारले प्रदेशका कर्मचारीको आचारसंहिता निर्माण गर्ने कार्य शुरु गरेको छ । पूर्वाधार विकासको अभावमा कर्णाली प्रदेश विकासबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले राजधानी सुर्खेतदेखि हिमाली जिल्ला मुगु हुँदै हुम्ला जोड्ने लिङ्करोड निर्माणको घोषणा पनि गरेको छ ।

त्यस्तै, मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार, वन, उद्योग, पर्यटन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशस्तरका कार्यविधि, विधेयक, नियमावली र निर्देशिका संसद्बाटै पारित हुने प्रक्रियामा रहेको पनि सार्वजनिक गर्नुभयो ।

संघीय कानून नबन्दा प्रदेश सरकार सकसमा

प्रदेश सरकार सञ्चालनका लागि संघीय कानून बेलैमा नबन्दा सरकार हातखुट्टा बाँधेको अवस्थामा रहेको मुख्यमन्त्री शाहीले बताउनुभएको छ । प्रदेशको नामाङ्कन भई राजधानी तोकिसक्दा पनि संघअन्तर्गतका जिल्ला तथा क्षेत्रीयस्तरका संरचना खारेज नहुँदा प्रदेश सरकारलाई काम गर्न अलमल भएको उहाँको भनाइ छ ।

त्यस्तै, कर्णाली प्रदेश सरकारले अर्गानिक र डिजिटल प्रदेश निर्माण गर्ने लिएको नीति, ‘पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रा धन’ अवधारणा, ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’, हरेक महिनाको १ र १५ गते मनाइने श्रम दिवस, सरकारले आव ०७४÷०७५ को तेस्रो चौमासिकका लागि ल्याएको नीति तथा कार्यक्रमलाई महत्वपूर्ण कामका रुपमा लिएको छ । ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ लाई प्रदेशको आर्थिक समृद्धिको मुख्य आधारका रुपमा लिईएको छ ।

एक हप्ताभित्र आवश्यक कानून 

अब प्रदेश सरकारले आफ्नो आवश्यकताअनुसारको कानून बनाउने जनाएको छ । संघीय कानूनसँग बाझिएको खण्डमा त्यतिबेलै सोच्ने भन्दै मुख्यमन्त्री शाहीले अब कर्णाली प्रदेश सरकार त्यसै बस्न नहुने बताउनुभयो । सरकारले लिएको लक्ष्यअनुसार कामको गति अघि बढ्न नसक्नुमा संरचनागत कठिनाइ भएकाले आशातित प्रतिफल हात नपरेको उहाँले जनाउनुभयो ।

विशेषगरी, विनियोजन विधेयक ल्याई मन्त्रालयगत रुपमा निकासा भएको बजेट र संसदबाट पारित नियमावली, कानून तथा निर्देशिका कार्यान्वयनमा जोड दिने प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com