ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा वर्षकै बढी तापक्रम, ४०.५ डिग्री सेल्यिसय


एबीसी न्यूज
जेष्ठ १२, २०७५ शनिबार  ६ : ३७ बजे
फायल फोटो

बाँके, १२ जेठ । बाँकेको नेपालगञ्जमा आज यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । नेपालगञ्जमा शनिबार दिउँसोको अधिकतम तापक्रम ४०.५ डिग्री सेल्यिसय पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै आज दिउँसो नेपालगञ्जको सापेक्षिक आर्द्रता २७ प्रतिशत र भिजिविलिटी सात किलोमिटर रहेको बताइएको छ ।

गर्मीका कारण घर तातो भएर बस्न मुस्किल हुने गरेको छ । सर्वसाधारणहरू चिसो हावामा बस्न छतमा सुत्न थालेका छन् । निस्किनै परे छाता ओढ्न थालेका छन् । शरीर पोल्ने गर्मीले जनजीवन प्रभावित भएको हो । सन् २०१२ जुन १४ मा नेपालगन्जमा ४५ डिग्री तापक्रम पुगेको थियो । त्यसअघि ४३ दशमलव ९ डिग्री तापक्रम पुगेको थियो । अत्यधिक बस्ती विस्तार हुँदै गएको तर हरियाली क्रमश: नष्ट हुँदै गएकाले हरेक वर्ष गर्मी बढदै गएको हो । पोखरी, खोला नाला सुक्न थालेका छन् भने पशु चौपायाहरूलाई पानीको व्यवस्था छैन ।

घाममा नहिँड्न तथा अत्यावश्यकीय अवस्थामा बाहेक अरु बेला दिउँसो घरबाहिर ननिस्कन र प्रशस्तमा मात्रामा पानीसहित झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com