ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युट्युब ट्रेडिङको एक नम्बरमा ‘बोल माया’


admin
जेष्ठ १०, २०७५ बिहीबार  ५ : २४ बजे

बागलुङ, १० जेठ।  विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ ।

बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १मा छ । सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । धेरैपछि नेपाली लोकगीत ‘युट्युब टे«डिङ’ को १ नम्बरमा आएको छ ।

सामाजिक विषयवस्तु, मौलिक रचना र प्रस्तुतीकरणका कारण उक्त गीतलाई सर्वाधिक रुचाइएको छ । नेपालमा मात्र नभएर विदेशमा पनि गीतले उत्तिकै दर्शक, स्रोता कमाएको छ । कतार र संयुक्त अरब इमिरेट्समा मा पनि उक्त गीत युट्युब टे«डिङको धेरै अगाडि आएको छ । गीतले विदेशमा रहेका नेपालीको जीवन भोगाइलाई जीवन्त ढङ्गले उठान गरेको छ । “गीतमा हाम्रै समाजको विषयवस्तु चित्रण गरिएको छ”, सर्जक सपूतले भन्नुभयो, “छोटो समयमै धेरैले मन पराउनुभएको छ, प्रतिक्रिया राम्रो आएको छ ।”

विषयवस्तुको छनोट र प्रस्तुतीकरणमा ध्यान दिन सके सफल होइने पाठ आफूले सिकेको सपूतको भनाइ छ । सपूत आफैँ निर्माता रहेको गीतमा रचना, संगीत, स्वर, अभिनय र छायाङ्कन निर्देशनसमेत उहाँकै छ । गीतमा मूल स्वर भने लोकगायक नारायण रायमाझी र गायिका शान्तिश्री परियारको छ । गीतको अन्तिम खण्डमा मात्र सपूतको स्वर सुन्न पाइन्छ । गीत रचना, संगीत र स्वरसँगै म्युजिक भिडियो निर्माणले पनि गीतलाई न्याय गरेको छ ।

गीतको मर्म र भावलाई भिडियोमा जीवन्त ढङ्गले उतार्न निर्देशकका हिसाबले सपूत सफल देखिनुभएको छ । भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय र घटनाको प्रस्तुतीकरण नाटकीय लाग्दैन । “यथार्थ र वास्तविकता दिने कोशिश गरेका छौँ”, सर्जक सपूतले भन्नुभयो, “आफ्नै घरगाउँमा छायाङ्कन गरिएकाले पनि धेरै सजिलो भयो ।” भिडियोको छायाङ्कन सपूतकै जन्मथलो बागलुङ धम्जामा गरिएको थियो ।

भिडियोमा मुख्य अभिनय सपूतबाहेक अञ्जली अधिकारी र सीतारे गन्धर्वको छ । सर्जक सपूतलाई धम्जामै यसअघि विदेशमा मृत्यु भई शव आएका दुई घटनाले आफ्नै गाउँमा भिडियो छायाङ्कन गर्न प्रेरित गरेको थियो । “हाम्रै गाउँमा भएका घटनाले पनि गीत निर्माणमा संवेदनशील बनायो”, उहाँले भन्नुभयो, “गीतका कतिपय दृश्य खिंच्न अरुको घरमा असहज थियो ।”

विदेशबाट काठको बाकसमा शव आएको, परिवार र आफन्तजनले रातभर शव कुरेको, शवअघि विक्षिप्त हुँदै श्रीमतीले बिलौना गरेको जस्ता दृश्य भिडियोमा छन् । धन ल्याउने आशामा विदेश गएका श्रीमान्को शव आएपछि श्रीमतीले गर्ने बिलौना नै गीतको केन्द्रीय भावभूमि हो । मर्मस्पर्शी शब्द, संगीत र स्वरसँगै कलाकारको जीवन्त अभिनयले गीतमा प्राण भरेको छ ।

पाश्चात्य गीतसंगीत हावी भइरहेका बेला नेपाली मौलिक लोकगीतका स्रोता र दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाण यस गीतले पेश गरेको छ । पृथ्वी इन्टरटेनमेन्ट र भाका नेपाल प्रालि सहनिर्माता रहेको उक्त गीतको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत शुक्रबार काठमाडौँमा विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com