ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै चेन्नाई फाइनलमा


एबीसी न्यूज
जेष्ठ ९, २०७५ बुधबार  ८ : ३२ बजे

काठमाडौं , ९ जेठ । चेन्नाई सुपरकिंग्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै चेन्नाई फाइनलमा पुगेको हो ।

चेन्नाई आईपीएलको फाइनलमा पुगेको यो सातौं पटक हो । हैदरावादको भने जारी सिजनमा लगातार चौथो हार हो ।

यसअघि टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । कार्लोस ब्रेथवेटले ४३ रन बनाए । बलिङतर्फ ड्वेन ब्राभोले दुई विकेट लिए ।वानखेडे मैदानमा १४० रनको विजय लक्ष्य चेन्नाईले १० ओभर १ बलमा ८ विकेट गुमाएर भेटायो । चेन्नाईको जितमा फाफ डु प्लेसीले सबैभन्दा धेरै ६७ रन बनाए । उनले यस सिजनमा आफ्नो पहिलो अर्धशतक बनाए । ओपनर डुप्लेसीले ९ ब्याट्समानसँग साझेदारी गरे । उनी प्लेयर अफ दि म्याच भए ।

चेन्नाईको पहिलो विकेट शून्य रनमै झरेको थियो । भुवनेश्वर कुमारले शेन वाटसनलाई शून्य रनमा आउट गरिदिए ।

यसैगरी सिद्धार्थ कौलले लगातार दुई बलमा सुरेश रैना र अम्बाती रायडुलाई बोल्ड गरे । चेन्नाईको तीन विकेट ३.४ ओभरमा २४ रन बनाउँदा नै गुम्यो । त्यसपछि राशिद खानले महेन्द्रसिंह धोनी र ड्वेन ब्राभोलाई पनि आउट गरे । सन्दिप शर्माले रविन्द्र जडेजालाई ३ रनमा र दीपक चाहरलाई १० रनमा पेभेलियनको बाटो देखाइदिए ।

खाता खोल्न नपाइ धवन बोल्ड

पहिले व्याटिङ गरेको हैदरावादको शुरुआत खराब थियो । दीपक चाहरले म्याचको पहिलो बलमै शिखर धवनलाई शून्य रनमा बोल्ड गरे । विलियम्सनले पहिलो ओभरमा चाहरकै बलमा तीन चौका प्रहार गरेका थिए । त्यसपछि ४.२ ओभरसम्म ३६ रनमा हैदरावादले तीन विकेट गुमायो ।

चाहरपछि लुंगी एंगिडीले श्रीवत्स गोस्वामीलाई १२ रनमा आउट गरे । शार्दुल ठाकुरले केन विलियम्सन २४ रनमा आउट भए । मनिष पाण्डेय ८ रनमा रविन्द्र जडेजाको शिकार बने । ड्वेन ब्राभोले आफ्नो पहिलो ओभरमै शाकिब अल हसनलाई १२ रनमा आउट गरे ।

चेन्नाईले टिममा विलिंग्सको ठाउँमा शेन वाटसनलाई खेलाएको थियो । हैदरावादले भने टिममा कुनै परिवर्तन गरेको थिएन । चेन्नाई नवौं पटकसम्म प्लेअफमा पुगेको छ । महेन्द्र सिंह धोनी ९ प्लेअफसम्म टिमको नेतृत्व गर्ने एकमात्र कप्तानसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

चुनौतिहरूको चाङमा: कान्छा प्रधानमन्त्री !

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com