ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ पक्राउ , आजै जिल्ला अदालत मोरङमा पेश गरिने


एबीसी न्यूज


काठमाडौं, ८ जेठ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्यअभियुक्त चुडामणि शर्मा ‘गोरे’ लाई प्रहरीले आज सार्वजनिक गरेको छ। गृह मन्त्रालयले बनाएको छानबिन समितिले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर सुन तस्करका नाइके गोरेलाई सार्वजनिक गरेको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा समिति संयोजक सहसचिव ईश्वरराज पौडेल उनलाई छिटो भन्दा छिटै जिल्ला अदालत मोरङमा पेश गरिने जानकारी दिए।
‘मुख्य अभियुक्त भएकाले उनलाई आजै अदालतमा पेश गर्छौं,’ संयोजक पौडेलले भने, ‘सुन तस्करी जेरीजस्तै जेलिएको छ। हामीले थप सूचना पनि पाएका छौं। त्यसको अनुसन्धान जारी राख्छौं।’

को हुन् गोल्ड डन भनिने गोरे

भारतको भगौडा आर्मीदेखि सुन तस्करीसम्म

प्रहरी वृत्तमै हलचल मच्चाएका साढे ३३ केजी सुनका मालिक हुन्, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ ।

प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा छन् ।

उनी मध्यम वर्गीय परिवारमा हुर्किएका थिए । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।

त्यहाँबाट भागेर उनी दूबई पुगेका थिए । त्यहाँ पनि उनले दूबई प्रहरीमा पनि जागिर खाए । स्वदेशमा छँदा मोरङ–११ फुटबल क्लबमा समेत आबद्ध उनको जीवनमा दूबई गएपछि भने एकाएक परिवर्तन आएको थियो ।

उनी निकट उर्लाबारीका एक व्यवसायी भन्छन्, ‘दूबई गएपछि एकाएक आर्थिक हैसियत फेरियो ।’

दूबई प्रहरीमा काम गर्दा नै उनले सुन तस्करी उपायको बारेमा जानकारी लिएको देखिन्छ । त्यसपछि दूबई प्रहरीको जागिर छाडेर तस्करीलाई धन्दा बनाएका थिए ।

जसलाई सफल बनाउन उनले प्रहरी अधिकारीसँग सम्बन्ध बढाए । दूबईमा प्रहरीको जागिर छाडेपछि निरन्तर नेपाल आउजाउ गर्न थाले ।

नेपालमा रहेका वेला उर्लाबारीका प्रतिष्ठित भनिएकाहरुसँग ‘मन्डे होटल’ मा दिनहुँ पार्टी चल्ने गरेको थियो । ‘उसले हाम्रो लागि प्रायः एउटा कोठा रिजर्भ गर्ने गरेको थियो’, स्रोतले भनेको छ, ‘उनले कतिपयलाई स्कोर्पियो गाडीमा दिएका थिए ।’

देखिने गरी उनको उर्लाबारीमा डेढ विगा जग्गा र दुई तले पक्की घर बनाएका थिए । काठमाडौंको गुह्येश्वरीमा पनि आलिसान बंगला ठड्याएका उनले बानेश्वरमा दुई वटा कोठा भाडामा लिएर सुन स्टोर गर्ने गोदाम बनाएका थिए ।

हाल उनका भाइ र श्रीमति दुवै यूएईमा छन् । उनका परिवारका अधिकांश सदस्य उर्लाबारीबाट हिँडिसकेका छन् । उनको घरमा भाडामा बसेकाहरु घटना सार्वजनिक भएलगत्तै घर छोडेर निस्किएका छन् । गोरेसँगै सम्बन्ध भएकाहरु तैं चुप मैं चुप भएका छन् । गोरे भने भारतमा लुकेको प्रहरीको आशंका छ ।

स्थानीय मोहन काफ्लेको घरमा पुराण लागेका वेला पुरन भनिने पण्डितलाई सुनको औंठी दिएका थिए

पण्डितलाई सुनको औँठी, नेतालाई स्कोर्पियो !

सुन तस्करीबाट रातारात करोडपती भएका उनले स्थानीय तह र आम चुनावका बेला राजनीतिक दलका उम्मेदवारहरुलाई सहयोग समेत गरेको पाइएको छ । स्थानीय केही नेतालाई उनले स्कोर्पियो गाडी किनिदिएका थिए ।

लामो कपाल पालेर चुल्ठो बाध्ने गरेका उनले केही समयअघि स्थानीय मोहन काफ्लेको घरमा पुराण लागेका वेला पुरन भनिने पण्डितलाई सुनको औंठी दिएका थिए । स्थानीय भजन कीर्तन मण्डलीलाई दिनको ३० हजारको दरले रकम बाँडे ।

घटना हुनु केही दिनअघि उर्लाबारीमा भएको मेयर कप फुटबलमा समेत उनी सहभागी भएका थिए । उर्लाबारी(७ को प्रतिनिधित्व गर्दै खेलेका उनी बारे त्यसवेला कसैले चाल पाएनन् । खेलमा उनको टोली उपविजेता बनेको थियो ।

०५७ सालमा एसएलसी दिएका उनले उर्लाबारी क्याम्पसबाट आईए पढ्दा पढ्दै छोडेका थिए ।

सुन तस्करीमा प्रयोग हुने भरियालाई सामाजिक सञ्जाल प्रयोग गर्न निषेध गर्ने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । कतिसम्म भने सम्बन्धित ठाउँसम्म सुन डेलिभरी नहुञ्जेलसम्म मोबाइल पनि चलाउन दिँदैनथे ।

फागुन पहिलो साता विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन हराएपछि गोरेले सुन लुकाएको आशंकामा आफ्ना मुख्य सहयोगी शाक्यलाई गौरीघाटबाट उठाएर सप्तरी लगेर यातना दिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

हत्यापछि गोरेले नै प्रहरीलाई फोन गरेर घटना मिलाउन भन्दै मद्दत मागेका थिए। उनको मद्दतलाई स्वीकार गरी महानगरीय प्रहरी महाशाखाको टोली सुनसरी पुगेको थियो।

सुनसरीमा शव फेला पारे पनि महाशाखाको टोलीले मोरङमा लगेर शवको बरामदी मुचुल्का बनाएको स्रोतले बतायो।

प्रहरीकै सूचनाका आधारमा गोरे भागेर भारत पुगेका थिए।

नेपाल प्रहरीका पूर्वडिआइजी निरौलासहित ६३ जना अभियुक्त

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा नेपाल प्रहरीका ७ अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले मोरङले वैशाख १९ गते ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले १६३ पेजको अभियोगपत्र बनाएको छ। मुद्दामा प्रतिवादीसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो दाबी गरिएको छ।

प्रहरीले पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण संजेल र प्रहरी जवान विष्णु खड्कासहित २९ जनालाई पक्राउ गरी अदालत पेस गरेको छ।

त्यस्तै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, सुन व्यापारी महावीर गोल्यान, न्युरोडको आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रमान शाक्य, थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारुलाई मुद्दा चलाइएको छ।

त्यसैगरी एसएसपी श्याम खत्री, रमेश उप्रेती, निरु खरेल, मोहनकुमार अग्रवाल, रमेश उप्रेती, दुर्गा खरेल उप्रेती, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दावा शेर्पा, भोजराज भण्डारी, भीमकुमारी खरेल, डोलेन्द्रप्रसाद खरेल, कृष्ण बस्नेत, भविन राई, कमल कार्की, सन्दीप खड्का, प्रयास पराजुली, सुरेन्द्र गौतमलगायतकालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ।

गत माघ ९ मा दुबईबाट ल्याइएको तस्करीको ३३ किलो सुन हराएपछि खोजबिन सुरु भएको थियो। उक्त सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com