ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय गौरवको प्रादेशिक सडक शिलान्यास


एबीसी न्यूज
जेष्ठ ८, २०७५ मंगलबार  १० : ५९ बजे

 

सुर्खेत, ८ जेठ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको प्रादेशिक सडकको शिलान्यास गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले सोमबार दैलेख—डुंगेश्वर–दुल्लु–भैरवी–ब्याउली–कालीकोट–जुम्ला–मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने प्रादेशिक सडकको शिलान्यास गर्नुभएको हो । उहाँले डोजर चलाएर सडकको शिलान्यास गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भाषण गरेर देश नबन्ने भन्दै हरेक नागरिकले श्रम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णाली प्रदेशलाई पहिलोमा अर्गानिक र दोस्रोमा पर्यटकीय गन्तव्य बनाउने नीति लिइएको बताउनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशको आफ्नै विकासमैत्री सार्वजनिक खरिद ऐन निर्माण गर्ने बताउनुभयो । योजनामन्त्री ज्वालाले बजेटको कमीले सडक बन्न नसक्ने अवस्था सिर्जना हुन नदिने विश्वास दिलाउनुभयो ।

हचुवाका भरमा बजेट नदिने भन्दै उहाँले यो सडक प्रादेशिक वा संघीय आयोजना के हुने भन्नेमा छिट्टै छिनोफानो लाग्ने बताउनुभएको थियो । शिलान्यास कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्यद्वय अमरबहादुर थापा र सुशीलकुमार थापाले नेपाली भाषाको पहिलो शिलालेख दैलेखमा रहेको जनाउँदै नाक्चेलाग्ना जोड्ने यो प्रादेशिक सडकलाई पक्की सडक बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

डिभिजन सडक कार्यालय, सुर्खेतका निमित्त डिभिजन प्रमुख जगतबहादुर शाहले प्रादेशिक सडकको अन्तिम गन्तव्य नाक्चेलाग्ना भएपनि हाल डुंगेश्वर गाउँपालिकादेखि दुल्लु नगरपालिका भएर भैरवी गाउँपालिकासम्म ३३ किलोमिटर सडक निर्माण गरिने बताउनुभयो ।

सडक निर्माणका लागि रु तीन करोड ३५ लाखमा टेण्डर भएको उहाँले जनाउनुभयो । यद्यपि सो ठेक्का घटेर रु एक करोड ८७ लाखमा केएसके निर्माण सेवाले सडक निर्माण कार्यको जिम्मा लिएको डिभिजन सडक कार्यालयले बताएको छ ।

सडक शिलान्यासका साथै मुख्यमन्त्री शाही नेतृत्वको टोलीले दैलेख जिल्लामा रहेका धार्मिक पर्यटकीय क्षेत्र कोटिला मन्दिर, शिरस्थान ज्वाला क्षेत्र, नाभीस्थान, दुल्लु दरबार तथा खस संग्रहालय, भैरवी मन्दिरको स्थलगत अनुगमन गरेको थियो । अनुगमन गरिएका क्षेत्रमा शिरस्थान ज्वाला क्षेत्रमा प्रत्यक्ष देखिएको पेट्रोलियम पदार्थको अनुसन्धान तथा अन्वेषणका लागि विज्ञको टोली खटाउने मुख्यमन्त्री शाहीले जनाउनुभयो ।

त्यसैगरी, अन्य क्षेत्रमा कोटिला, नाभीस्थान, भैरवीलाई धार्मिक तथा तत्कालीन कर्णाली खस साम्राज्यको शितकालीन राजधानीका रुपमा रहेको दुल्लु दरबारलाई ऐतिहासिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com