ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करी र हत्या मुद्दा : अभियुक्तलाई तारेखमा छाड्न माग


एबीसी न्यूज
बैशाख ३०, २०७५ आईतबार  ७ : १३ बजे

काठमाडौं, ३० वैशाख । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा संगठित अपराध ऐन आकर्षित नहुने भन्दै प्रतिवादीका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरुले आफ्ना पक्षका अभियुक्तलाई साधारण तारेखमा छाड्न माग गरेका छन् ।

जिल्ला अदालत मोरङको इजलासमा आज बहस प्रस्तुत गर्दै उनीहरुले यस्तो माग गरेका हुन् । आज ४ जना कानुन व्यवसायीले बहस गरेका थिए । काठमाडौं चर्चित वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ यदुनाथ खनाल र राजु बस्नेतले इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस प्रस्तुत गरेका थिए ।

तस्करी गरिएको भनिएको सुन बरामद नभएकाले भन्सार चोरी पैठारी मुद्दा स्थापित हुन नसक्ने तर्क उनीहरुले गरेका थिए । अभियुक्तहरुको घर–कोठाबाट बरामद गरिएका रजिष्टरलगायत कागजातहरु प्रमाणित हुने आधार नभएको उनीहरुले बताएका थिए ।

थापा र श्रेष्ठले व्यापारी तथा राप्रपा नेता भुजुङ गुरुङ र निलम्बित प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको तर्फबाट बहस गरेका थिए । श्रेष्ठले पूर्व डिआइजी गोविन्द निरौलाको तर्फबाट पनि बहस गरेका थिए । एसपी खनालको पक्षबाट अर्का वरिष्ठ अधिवक्ता यदुनाथले समेत बहस प्रस्तुत गरेका थिए । यस्तै बस्नेतले थाइ एयरका कर्मचारीको तर्फबाट थुनछेक बहस गरेका थिए ।

‘संगठित अपराध’ काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भएको मानिएको उल्लेख गर्दै उनीहरुले मुद्दा मोरङमा चलाइनुको अर्थ नरहेको तर्क गरेका थिए । यो मुद्दाको कार्यक्षेत्र मोरङ नभएको उनीहरुको जिकिर थियो ।

कुनै पनि प्रमाणले आरोप पुष्टि नगर्ने भएकाले सबै अभियुक्तलाई तारेखमा छाड्न उनीहरुले माग गरे । यसअघि सरकारका तर्फबाट बहस गरेका ७ जना सरकारी वकिलहरुले प्रमाणका आधारमा कसुरदार देखिएको भन्दै अभियुक्तहरुलाई थुनामै राखेर कारबाही अघि बढाउन माग गरेका थिए । यो लुकिएको अपराधमा (प्रत्यक्ष पीडित नदेखिने प्रकृतिको) अपराध भएको उल्लेख गर्दै प्रतिवादीहरुलाई छाड्दा भने अपराध मौलाउन सक्ने र राज्यले थप क्षति ब्यहोर्नुपर्ने अवस्था आउने तर्क गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com