ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एन्फाको नयाँ नेतृत्व चयन हुँदै


एबीसी न्यूज
बैशाख २२, २०७५ शनिबार  ११ : ४२ बजे

 

काठमाडौँ, २२ वैशाख । ललितपुरमा आज बिहान शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं साधारण सभाले आजै साँझ सम्ममा नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन गर्न आयोजना भएको साधारणसभाको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभयो । निर्वाचनमा जिल्ला खेलकूद तथा क्लबका गरी ७७ जनाले मतदान गर्नेछन् ।

अध्यक्ष पदमा दुई, उपाध्यक्षका लागि नौ र सदस्यका निम्ति २९ जना निर्वाचनको मैदानमा होमिएका छन् । महिला सदस्यमा भने पेमा लामा निर्विरोध निर्वाचित हुनुभएको छ ।

साधारण सभाको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले राष्ट्रको गौरव बढाउने खेलकूद क्षेत्रको विकासका लागि सरकारबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सीमित स्रोत र साधनका कारण देशको प्रतिष्ठा बढाउन योगदान गर्ने खेलकूद क्षेत्रमा पर्याप्त लगानी गर्न नसकिएको स्वीकार गर्दै उहाँले समाजमा सकारात्मक प्रभाव पार्ने खेलकूद क्षेत्रलाई सरकारले उच्च महत्व दिएको बताउनुभयो ।

एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको उक्त सभामा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पारदर्शीता र जवाफदेहिता स्थापित नभएसम्म लोकतन्त्र बलियो हुँदैन भन्दै खेलकूदसँग सम्बन्धित सबै संघ संस्था तथा क्लबका गतिविधि पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । सभामा महासचिव धीरेन्द्र प्रधानले एन्फाका गतिविधिबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com