ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुजरातमा किसानहरुले सरकारसँग मागे इच्छामृत्यु


एबीसी न्यूज
बैशाख १३, २०७५ बिहीबार  ५ : ५८ बजे

गुजरात, १३ वैशाख । गुजरातको भावनगर जिल्लाका ५ हजार भन्दा बढी किसानहरुले सरकारी विद्युत निगमले गर्न लागेको भूमि अधिकरणको विरोधमा संघर्ष गरिरहेका छन् ।

यी किसान परिवारले अधिकारीहरुलाई चिठ्ठी लेखेर इच्छामृत्युको माग गरेका छन् । किसान संगठनका एक नेताले यस्तो दावी गरेका हुन् ।

किसानहरुको अधिकारको लागि संघर्ष गर्ने एक संगठन ‘गुजरात खेदुत समाज’का सदस्य तथा स्थानीय किसान नरेन्द्र सिंह गोहिलले दावी गरे, “यो कदमबाट प्रभावित हुने १२ गाउँका किसान र तिनका परिवारका सदस्यहरु जोडेर कुल ५२५९ मानिसहरुले इच्छामृत्युको माग गरेका हौँ । हाम्रो खेतीवारी गर्ने जमिनलाई प्रदेश सरकार र गुजरात बिजुली निगम लिमिटेडले जबरजस्ती खोस्दैछन् ।”

उनीहरुले यी किसानहरु र तिनका नातेदारहरुद्वारा हस्ताक्षरित यो पत्रलाई भारतका राष्ट्रपति, प्रधानमन्त्री र गुजरातको मुख्यमन्त्रीलाई पठाएका छन् ।

भावनगरको जिल्लाधीश हर्षद पटेलले किसानहरुले इच्छामृत्यु माग गरेको भनिएको पत्रलाई कलेक्ट्रेटको रजिस्ट्री शाखामा हालेको बताएका छन् ।

किसानहरुले बिजुली कम्पनीले अधिग्रहण गरेको २० वर्षभन्दा बढी समयपछि अब आएर जमिन कब्जा गर्न लागेको बताएका छन् । उनीहरुले यस्तो कार्य कानूनको विरुद्ध भएको बताए ।

गोहिलले भने, “भूमी अधिग्रहण ऐन २०१३ अनुसार कुनै पनि कम्पनी त्यो भूमी कब्जा गर्न सक्दैन जसलाई उनीहरुले पाँच वर्षभन्दा अघि अधिग्रहण गरेका थिए । यस्तो भूमी कब्जा गर्नको लागि कम्पनीलाई नयाँ अधिग्रहणको प्रक्रिया शुरु गर्नुपर्छ ।”

“दुबै अवस्थामा प्रहरीले किसानहरुको शान्तिपूर्ण भेलामा अश्रु ग्यास हानेको छ । हामीलाई धम्की दिइँदैछ,” गोहिलले आरोप लगाए ।

किसानहरुले पत्रमा आफूहरुलाई जबरजस्ती भूमीबाट हटाउन बल प्रयोग गरिदा आतङ्कवादी भएको अनुभव भएकोले सेनाबाट गोलीबाट मारिनुपर्ने माग गरेका छन् ।

किसानहरुले पत्रमा भनेका छन् “हामी इच्छा मृत्युको माग गर्छौँ किनकी अधिकारीहरुद्वारा हामीलाई आतङ्कवादीको जस्तो व्यवहार गरिँदैछ । यसैले सेनाको हातबाट हामीलाई मारियोस् भन्ने हाम्रो अन्तिम इच्छा छ ।” एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com