ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल: चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स पाँच विकेटले हरायो


एबीसी न्यूज

काठमाडौं,१३ वैशाख,  । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ ।

चिन्नास्वामी स्टेडियममा पहिले व्याटिङ गर्दै बैंगलोरले चेन्नाईसामु २०६ रनको विजय लक्ष्य दिएको थियो जसलाई चेन्नाईले दुई बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गर्यो ।

यो जितको श्रेय कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुलाई दिन सकिन्छ । किनकी धोनीले नटआउट ७० र रायडुले ८२ रनको योगदान गरे । दुवैले पाँचौ विकेटका लागि १०१ रनको साझेदारी गरे ।
चेन्नाईको चार विकेट नौ ओभरमा ७४ रनमा खसिसकेको थियो । रायडूले ५३ बलमा तीन चौका र आठ छक्काको मद्दतमा ८२ रन बनाए । तर, उनी १८ औं ओभरमा रन आउट भए ।महेन्द्र सिंह धोनीले ३४ बल सामना गरे । उनले सात छक्का र एक चौकाको मद्दतमा अविजित ७० रन जोडे । सुरुदेखि नै आक्रामक खेलेका धोनीले १२ ओभरमा ब्याट परिवर्तन गरे । त्यतिबेला चेन्नाईलाई जितका लागि ४८ बलमा १०५ रन आवश्यक थियो ।

अन्तिम ओभरमा १६ रन आवश्यक परेको बेला ड्वेन ब्राभोले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा एक रन लिए । चौथो बलमा धोनीले छक्का हानेर जित दिलाए । उनी प्लेयर अफ दि म्याच भए ।

बलिङतर्फ युजवेन्द्र चहलले २ तथा उमेश यादव र पवन नेगीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०५ रन बनाएको थियो । बैंग्लोरका लागि एविडिविलियर्सले ३० बलमा आठ छक्का र दुई चौकाको मद्दतमा ६८ रन बनाएका थिए ।

यसैगरी डी ककले ३७ बलमा चार छक्का र एक चौकाको मद्दतमा ५३ रन बनाए । अन्तिममा मन्दिप सिंहले १७ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३२ रन बनाउँदै २०५ रनको स्कोरसम्म पुर्याए ।

बलिङतर्फ चेन्नाइका इमरान ताहिर, शार्दुल ठाकुर र ड्वान व्राभोले २–२ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com