ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमतीबारे कति जान्दछन् पूरुष, अध्ययनको नतिजाले हँसायो


admin

एजेन्सी, ११ वैशाख । हालै गरिएको एक नयाँ अध्ययनले पुरुष आफ्नी श्रीमतिका बारेमा साधारण कुरामा पनि कति अनजान रहने गर्छन् भन्ने देखाएको छ ।

बेलायतको द परफ्युम शपका लागि २०० जना पुरुषमा गरिएको यस अध्ययनमा सहभागीमध्ये अधिकांश पुरुष आफ्नी श्रीमतिको कपडाको साइज, कपालको प्राकृति रङ्ग र आँखाको रङ्गबाट अनजान रहेको पत्ता लागेको हो ।

सहभागी दश मध्ये ६ पुरुषले आफ्नो श्रीमतीको सबै विषयमा आफुलाई जानकारी भएको दाबी गरेका थिए । तर जब उनीहरुलाई प्रश्न गरियो तब थाहा भयो कि १२ प्रतिशत पुरुषलाई श्रीमतिको आँखाको रङ्ग, १० प्रतिशतलाई श्रीमतिको जन्मदिन र ८ प्रतिशतलाई श्रीमतिको कपालको प्राकृतिक रङ्गबारे केही थाहै थिएन ।

सहभागी प्रत्येक तीनमध्ये एक पुरुषलाई आफ्नो श्रीमतीको मन पर्ने वस्तु कुन हो भन्ने थाहा थियो । तर योभन्दा बाहेक १२ प्रतिशत पुरुषलाई श्रीमति वा महिला मित्रको घनिष्ट साथीका बारेमा केही थाहा थिएन । ३० प्रतिशतलाई श्रीमतिको ब्राको साइजबारे जानकारी थिएन । अझ हैरानी बनाउने कुरा त यो छ कि ११ प्रतिशत पुरुषलाई आफ्नी श्रीमति कुन पदमा कार्य गरिरहेकी छन् भन्ने नै थाहा थिएन।

बेलायतमा प्रत्येक दशमध्ये एक महिलाले सम्बन्ध विच्छेद रोज्नुको कारण पनि पुरुषहरुले महिकाबारेमा यी स–साना कुरामा ध्यान नदिनुको परिणामलाई लिईएको छ ।

यसको ठिक उल्टो महिलाहरुलाई भने आफ्नो पार्टनरको हरेक विषयको जानकारी हुने अध्ययनले देखाएको छ।

उनीहरुलाई पुरुषको आँखाको रङ्गदेखि उनीहरुको कपडासम्मका बारेमा पुरा जानकारी थाहा हुन्छ ।

एक रिलेशनसीप विशेषज्ञ फ्रैङ्काइन कायका अनुसार महिला र पुरुषको सोच्ने शैलीको फरकपनाले गर्दा यस्तो भएको हो । तर समस्या कहाँ उत्पन्न हुन्छ भने महिलाका लागि जुन स–साना कुराले पनि महत्व राख्दछ। यही कुरा पुरुषका लागि कुनै महत्व राख्दैछ।

उनले श्रीमान श्रीमती दुवैलाई व्यवहारिक हुँदै अघि बढ्न आग्रह गर्दै भनिन् ‘यहाँ सयमध्ये एक पुरुषको कुरा गरिदै छैन । बहुसंख्यक पुरुषको कुरा गरिदैछ। तर तपाई श्रीमानलाई प्रोत्साहित र सम्झना गराएविना उनलाई परिवर्तन गर्ने आशा गर्न सक्नु हुन्न । तपाई व्यवहारिक बन्नुपर्नेछ। यदि तपाई चाहनु हुन्छ कि श्रीमान केही कुरा सम्झना गरुन् तब तपाईले उनलाई बताउनु राम्रो हुनेछ।’

यस्तै द परफ्युम शपका प्रवक्ता मिशेल द वानका अनुसार अर्काको भावनालाई बुझ्न सफल सम्बन्धको मार्ग आफु निकट व्यक्तिहरुको स साना विषयहरुको ख्याल राख्नु पनि हो। पुरुषलाई आफ्नी महिला साथीका बारेमा सबै जानकारी राखेर फाइदा नै हुने कुरामा उनी जनाउँछन् । उनले भने, ‘सर्वेक्षणको नतिजा निकै आश्चर्यजनक छ। तपाई आफ्नो साथीसँग आशा गर्नु हुन्छ कि उनलाई जन्मदिन र कपालको रङ्गजस्ता सामान्य कुरा थाहा हुनुपर्छ तर नतिजाबाट यस्तो लाग्छ कि पुरुषलाई यस कुराको परवाह नै छैन ।’

यो त भयो बेलायती श्रीमानहरुको कुरा, नेपाली श्रीमानहरु त त्यसो नहोला कि कसो महिला मित्रहरु !

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com