काठमाडौं, ७ असार । फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडरबीचको खेल गोलरहित बराबरी भएको छ ।
यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए । कुराकाओ जर्मनीसँग ७–१ गोलले पराजित भएको थियो भने इक्वेडर आइभरीकोस्टसँग १ गोलले पराजित भएको थियो । आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले १–१ अङ्क जोडेका छन् ।विश्वकप फुटबलमा अहिले बिहान पौने १० बजे ट्युनिसिया र जापानले खेल्दैछन् । गएराति भएको खेलमा आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै जर्मनी नकआउट चरणमा पुगेको छ । यस्तै स्वीडेनमाथि ५–१ गोलको फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ ।







प्रतिक्रिया दिनुहोस्