ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले


एबीसी न्यूज
जेष्ठ २८, २०८३ बिहीबार   १ : २८   बजे

काठमाडौं । करका दर निर्धारणमा चलखेल भएको भन्दै विपक्षी दलहरूले आरोप लगाइरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले आरोप प्रमाणित गर्न कडा चुनौती दिएका छन्। उनले आफूविरुद्ध दुई रुपैयाँ बराबरको पनि अनियमितता प्रमाणित भए अर्थमन्त्री मात्र नभई सार्वजनिक जीवन नै त्याग्न तयार रहेको घोषणा गरेका छन्।

संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले कर वृद्धि सम्बन्धी सूचना चुहाएर कसैलाई अनुचित लाभ दिलाइएको वा राजस्वमा क्षति पुर्‍याइएको भन्ने आरोप निराधार रहेको दाबी गरे। त्यस्ता आरोपहरू पुष्टि हुने कुनै कागजी प्रमाण, पत्राचार वा अन्य आधार भए सार्वजनिक गर्न उनले विपक्षी सांसदहरूलाई आग्रह गरे।

समिति बैठकमा केही सांसदहरूले करका दर हेरफेरका कारण राज्यलाई दुई अर्ब रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरेका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै वाग्लेले दुई अर्ब मात्र नभई दुई रुपैयाँ बराबरको पनि बदमासी गरेको प्रमाणित भए आफू सबै जिम्मेवारीबाट अलग हुन तयार रहेको बताए।

“कर बढ्दै छ भनेर सूचना दिएको छ भन्ने कुरा पूर्णतः निराधार हो। कसैले हतारमा गाडी पास गरेर राज्यलाई करोडौँ रुपैयाँ घाटा पुर्‍याएको छ भने त्यसको प्रमाण लिएर आउनुस्। म कठघरामा उभिन तयार छु,” उनले भने।

अर्थमन्त्री वाग्लेले सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिहरूले समान स्तरको नैतिकता, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिए। उनले बजेट तथा कर नीतिसम्बन्धी निर्णयहरू आर्थिक सिद्धान्त, प्रगतिशील कर प्रणाली र दीर्घकालीन आर्थिक हितलाई ध्यानमा राखेर गरिएको स्पष्ट पारे।

करका दर परिवर्तन र त्यससँग जोडिएका आरोप–प्रत्यारोपबीच अर्थमन्त्रीको यो चुनौतीले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। अब विपक्षी दलहरूले आरोपलाई प्रमाणसहित पुष्टि गर्न सक्छन् वा सक्दैनन् भन्ने विषय चासोका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेशी पार्टी सक्किएको छैनन , कर्ण, वरिष्ठ उपाध्यक्ष, जसपा, भिडियो

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सम्बन्धित

फिफा विश्वकप २०२६: फुटबलको नयाँ युग, नियमको क्रान्ति र ५० अर्ब डलरको सट्टेबाजी बजार

हर्मुजको जलमार्गमा थपियो तनावको कालो बादल

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

सुरु हुँदै फुटबल महाकुम्भ

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group