काठमाडौं, ३१ वैशाख । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ। सर्वसम्मत रूपमा नीति तथा कार्यक्रम पारित भएको घोषणा सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाह जवाफ दिन नआएको भन्दै नेपाली कांग्रेस, एमाले, श्रम संस्कृति तथा राप्रपालगायत दलले भने बैठक बहिष्कार गरेका थिए।
राष्ट्रिय सभाबाट पनि नीति तथा कार्यक्रम बिहीबार नै पारित भइसकेको छ। प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदमा नीति तथा कार्यक्रमको बारेमा जवाफ दिएका थिए। विपक्षी दलको नाराबाजीका बिच उनले जवाफ दिएका थिए।








प्रतिक्रिया दिनुहोस्