ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए


एबीसी न्यूज
बैशाख २८, २०८३ सोमबार  ८ : ४८ बजे

काठमाडौं, २८ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले मुम्बई इन्डियन्समाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ । हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको १सय ६७ रनको लक्ष्य बेङ्गलुरुले ८ विकेट गुमाएर पूरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्माले ५७ रन बनाउँदा बलिङमा बेङ्गलुरुका भुवनेश्वर कुमारले ४ विकेट लिए । जितसँगै बेङ्गलुरु १४ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

हारसँगै मुम्बई इन्डियन्स भने प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ । मुम्बई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

त्यसअघि हिजै चेन्नई सुपर किङ्ग्ससँग पाँच विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आईपीएलमा प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । चेन्नईमा भएको खेलमा लखनऊले दिएको २ सय ४ रनको लक्ष्य चेन्नईले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गरेको छ ।

चेन्नईका उर्विल पटेलले ६५ रनको इनिङ खेले । लखनऊका दिग्वेश राठी र शाहबाज अहमदले समान दुई विकेट लिँदा आवेश खानले एक विकेट लिए । जितपछि ११ खेलमा १२ अंक जोडेको चेन्नईले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ । हारसँगै समान खेलमा ६ अंक भएको लखनऊको भने अगाडि बढ्ने सम्भावना सकिएको छ ।

आईपीएल क्रिकेटमा आज बेलुकी पौने ८ बजे धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सरकार सुधारको बाटोमा ः अधिवक्ता चौलागाई भिडियो

सम्बन्धित

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

नेपाल ‘ए’ को लगातार दोस्रो जीत, अमेरिका ३ विकेटले पराजित

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

आईपीएल क्रिकेटमा मुम्बईले लखनउलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com