ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हंगेरीको प्रधानमन्त्रीमा पिटर माग्यार निर्वाचित, ‘प्रणाली परिवर्तन’ गर्ने प्रतिवद्धता


bhawani desk
बैशाख २७, २०८३ आईतबार  ११ : ५६ बजे

काठमाडौं २७ वैशाख । हंगेरीको नवनिर्वाचित संसद (नेसनल एसेम्बली) को पहिलो बैठकले शनिवार पिटर माग्यारलाई देशको नयाँ प्रधानमन्त्रीका रूपमा निर्वाचित गरेको छ । मतदानमा संसदका कुल १९९ सदस्यमध्ये १९५ जना उपस्थित भएकोमा माग्यारको पक्षमा १४० र विपक्षमा ५४ मत परेको थियो भने एक सदस्य तटस्थ रहेका थिए । हंगेरीको ‘तिस्जा पार्टी’ ा नेता माग्यारले आवश्यक बहुमत प्राप्त गरेसँगै उनको चार वर्षे कार्यकाल औपचारिक रूपमा शुरु भएको छ । प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेपछि आफ्नो पहिलो सम्बोधनमा माग्यारले नयाँ सरकारले केवल सत्ता परिवर्तन मात्र नभई समग्र ‘प्रणाली नै परिवर्तन’ गर्ने जनादेश पाएको बताउनु भयो । उहाँले देशमाथि शासन गर्नुको सट्टा जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्दै राष्ट्रिय मेलमिलाप, लोकतान्त्रिक पुनर्जागरण र राष्ट्रिय एकतामा जोड दिनुभयो । यसै वर्षको अप्रिल १२ मा सम्पन्न संसदीय निर्वाचनमा माग्यार नेतृत्वको तिस्जा पार्टीले भिक्टर ओर्बानको सत्तारूढ फिडेज–केडीएनपी गठबन्धनलाई ठूलो मतान्तरले पराजित गरेको थियो । उक्त निर्वाचनमा कुल १९९ सिटमध्ये १४१ सिट जित्दै माग्यारको पार्टीले संसद्मा दुई–तिहाइ बहुमत सुनिश्चित गरेको थियो । सन् १९८१ मार्चमा जन्मिएका माग्यारले पाजमानी पिटर क्याथोलिक विश्वविद्यालयबाट कानू्रन र मानविकीमा उच्च शिक्षा हासिल गर्नुभएको छ । उहाँले यसअघि प्रशिक्षार्थी न्यायाधीश, अधिवक्ताका साथै परराष्ट्र मन्त्रालय र विभिन्न सरकारी निकायहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ सन् २०२४ मा तिस्जा पार्टीको नेता र युरोपेली संसद्को सदस्यका रूपमा निर्वाचित हुनुभएको थियो । माग्यार प्रधानमन्त्री निर्वाचित भएपछि बुडापेस्टस्थित संसद भवन अगाडिको कोसुथ स्क्वायरमा भेला भएका समर्थकहरूले उत्सव मनाएका छन् । सो अवसरमा संक्षिप्त सम्बोधन गर्दै उहाँले हंगेरीको उज्ज्वल भविष्यका लागि आशा र एकताको आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सरकार सुधारको बाटोमा ः अधिवक्ता चौलागाई भिडियो

सम्बन्धित

चीनले एउटा स्वर्ण अवसर खेर फाल्दैछ

बधाईपत्रसमेत हस्तान्तरण नभएपछि काठमाडौंप्रति वासिङ्टनको असन्तुष्टि

रुस–युक्रने युद्ध चाँडै समाप्त हुने पुटिनको संकेत

बेइजिङमा ट्रम्प-सी शिखर सम्मेलन: विश्वकै सबैभन्दा महत्त्वपूर्ण सम्बन्धको व्यवस्थापन

रुस र युक्रनेबीच तीन दिने यद्ध विराम भएको ट्रम्पको घोषणा

हालैका विधानसभा चुनावहरूमा बहुसंख्यकवादको पाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com