ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन


एबीसी न्यूज
बैशाख २१, २०८३ सोमबार  ७ : १० बजे

काठमाडौं, २१ वैशाख । भूमिहीन तथा अव्यवस्थित बसोवासी सरोकार सङ्घर्ष समिति कास्कीले १ हजार ६३७ जनाको हस्ताक्षर संलग्न ज्ञापनपत्र कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र पोखरा महानगरपालिकासमक्ष बुझाएको छ ।पोखरा महानगरपालिकाले वैशाख ३ गतेको निर्णयअनुसार सार्वजनिक, ऐलानी तथा पर्ति जग्गामा अतिक्रमण गरी बसेका संरचना ३५ दिनभित्र खाली गर्न जारी गरेको सूचना ७ दिनभित्र खारेज गर्नुपर्ने समितिको प्रमुख माग रहेको छ ।

सयौँ सुकुम्वासी जिल्ला प्रशासन कार्यालयदेखि महानगरपालिकाको कार्यालयसम्म विरोध प्रदर्शन गर्दै पुगेका थिए । महानगरभित्र भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी १९ हजार १७६ परिवार लामो समयदेखि बसोवास गर्दै आएको ज्ञापनपत्रमा उल्लेख छ ।समितिले बसोवासीलाई उचित व्यवस्थापन, भूमि समस्या समाधान आयोगमा सिफारिश र आधारभूत हकको ग्यारेन्टीसहित ६ बुँदे माग राखेको छ ।

समितिका सल्लाहकार ओमबहादुर पौडेलले ७ दिनभित्र वार्तामा बोलाएर समस्या समाधान नभए थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिनुभएको छ ।२०३२ सालमा पृथ्वीचोकमा २०५ रोपनी जमिनमा बसपार्क बनाउने योजना अघि सारिए पनि ५० वर्षसम्म काम हुन नसक्दा त्यहाँको जमिन अतिक्रमणमा परी अहिले ४७ रोपनीमा खुम्चिएको छ । बसपार्कको जग्गामा अहिले ४०० भन्दा धेरै परिवार बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

‘सार्वभौम सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर’– पूर्वराजदूत

नागरिक अगुवाको कठोर अपिल: बालेन सरकारको ‘हुकुमी शासन’ र सर्वसत्तावादको ऐना

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com