ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने


एबीसी न्यूज
बैशाख १७, २०८३ बिहीबार   ८ : ५९   बजे

काठमाडौं, १७ वैशाख। सरकारले सार्वजनिक निकायमा भएका राजनीतिक नियुक्तिहरूलाई एकैपटक खारेज गर्ने तयारी अघि बढाएको छ। रामचन्द्र पौडेल समक्ष स्वीकृतिका लागि सिफारिस गरिएका विभिन्न अध्यादेशमार्फत यस्तो कदम चाल्न लागिएको हो।

सरकारी तयारीअनुसार विश्वविद्यालय, आयोग, परिषद्, प्रज्ञा प्रतिष्ठानलगायत करिब १५० भन्दा बढी निकायमा भएका नियुक्ति खारेज हुनेछन्। यसअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल टेलिभिजन, पीएसबी लगायतका संस्थामा भएका राजनीतिक नियुक्तिहरू पनि समेटिनेछन्।

यसअघि विभिन्न सरकारहरू—विशेषतः केपी शर्मा ओली नेतृत्वकालमा भएका मिडिया तथा सार्वजनिक निकायका नियुक्तिहरू समेत खारेजीको दायरामा पर्ने बताइएको छ। सरकारको आन्तरिक मूल्याङ्कनअनुसार एक–एक गरेर पदाधिकारी हटाउँदा कानुनी जटिलता आउन सक्ने भएकाले अध्यादेशमार्फत सामूहिक रूपमा पदमुक्त गर्ने रणनीति अपनाइएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय का अनुसार सार्वजनिक नियुक्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउने तथा दलीय प्रभाव अन्त्य गर्ने उद्देश्यले संवैधानिक परिषद्सम्बन्धी ऐन, सहकारी ऐन, सार्वजनिक खरिद ऐन लगायत करिब २० वटा कानुन संशोधन गर्न लागिएको छ।

स्रोतका अनुसार यो कदम कार्यान्वयनमा आएमा एकैपटक १२०० भन्दा बढी पदाधिकारी पदमुक्त हुनेछन्। त्यसपछि नयाँ नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गर्ने सरकारको योजना रहेको छ।

यद्यपि, यस्तो व्यापक खारेजी कदमले संवैधानिक र कानुनी बहस निम्त्याउने सम्भावना समेत देखिएको छ। विपक्षी दलहरूले यसलाई “राजनीतिक प्रतिशोध”को रूपमा व्याख्या गर्ने संकेत गरेका छन् भने सरकार भने यसलाई “संस्थागत सुधार”को कदमका रूपमा प्रस्तुत गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group