काठमाडौँ, ८ वैशाख । गत चैत २९ गते प्रधामन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक भयो। यससँगै सम्पत्तिको स्रोत नखुलाएको र खुलाएको स्रोत पनि विश्वसनीय नभएको भन्दै प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीको आलोचना भइरहेको छ।
यसैमध्ये एक हुन्( गृहमन्त्री सुधन गुरुङ। उनले सार्वजनिक गरेको विवरण र विभिन्न समयमा बोलेका कुराबीच मेल नखाएको भन्दै प्रश्न उठिरहेको छ। पैसा नभएकाले पढ्न नपाएको प्रतिक्रिया दिने उनले छोटो समयमै आर्जन गरेको करोडौँको सम्पत्तिबारे सर्वत्र चासो छ।
उनले आफ्नो सम्पत्तिमा सयौँ रोपनी जग्गा देखाएका छन्, जुन हदबन्दीभन्दा बढी छ । सम्पत्तिमा देखाएको ८९ तोला सुन, ६ किलो चाँदी र विभिन्न कम्पनीमा रहेका करोडौँको शेयरको फेहरिस्त प्रस्तुत गरेका छन्। तिनको पनि स्रोत पारदर्शी छैन।
यसैबीच सम्पत्ति विवरणमा पनि उल्लेख नगरेको दुईवटा माइक्रो इन्स्योरेन्स कम्पनीमा थप ५० लाख रुपैयाँका ५० हजार कित्ता संस्थापक शेयर खरिद गरेको हालै खुल्यो। त्यसमाथि आफ्नै सरकारको पहलमा कानूनी कठघरामा उभ्याइएका बिचौलियाहरूसँगसमेत वर्षौँदेखि साँठगाँठ रहेको भन्दै विभिन्न क्षेत्रबाट उनको राजीनामासमेत मागिएको छ।
यसैलाई मध्यनजर गर्दै उनले सोमबार दिउँसो सामाजिक सञ्जालमा लेखेर ती शेयर आफूले बैंकबाट ऋण लिएर खरिद गरेको स्पष्टीकरण दिए। ‘मैले लगानी गरेको रकम ऋण ९कर्जा० मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०र०५र२९ को हो,जुन रेकर्डमा नै छ। उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो’, उनले लेखे, ‘अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो।’
चैत २९ गते सार्वजनिक भएको गुरुङको सम्पत्ति विवरणको पृष्ट ३ मा ऋण लिएकोरदिएकोरतिरेको विवरण भर्ने कोठा छ। सम्पत्तिको लामो फेहरिस्त प्रस्तुत गरेका मन्त्री गुरुङले विवरण भर्ने ती कोठा खाली राखिएका छन्। अर्थात् आधिकारिक मानिने विवरणमा उनले भनेका छन्, ‘मेरो कहीँकतै रिनपान छैन।’ तर माइक्रो इन्स्योरेन्समा शेयर लिएको नखुलाएको प्रश्न उठ्नेवित्तिकै उनले प्रष्टीकरण दिएका छन्, ‘मैलै ती शेयर ऋण काढेर खरिद गरेको हुँ। मसँग त्यसको तमसुक छ।’
ऋण लिएर खरिद गरेको भए किन ती शेयरबारे सम्पत्ति विवरणमा उल्लेख भएनरु किन सम्पत्ति विवरणको ऋण खण्डमा उल्लेख गरिएनरु अहिले प्रश्न उठ्नेवित्तिकै किन ऋणको कुरा उठाएरु यी दुवैबीच कतै तालमेल देखिँदैन।
आफूसँग भएको शेयर नदेखाउनु, अहिले खुलासा भएपछि सरकारी विवरणमा समेत नदेखाएको ऋण छ भनेर ढाँट्दा उनी मात्र होइन सरकारमाथि नै प्रश्न खडा भएको छ। गुरुङको यो शैलीले अन्य मन्त्रीका सम्पत्तिबारे पनि प्रश्न उठ्ने देखाएको छ।
हेर्नुहोस् गुरुङको सम्पत्ति विवरणको तेस्रो पृष्ट










प्रतिक्रिया दिनुहोस्