ABC NEWS NEPAL | No.1 News channel of Nepal
ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्होलासोंथर प्रस्थान गर्यो तमु प्ये ल्हु संघ यूकेको टोली


abc tv
बैशाख ६, २०८३ आईतबार   ९ : १०   बजे

पोखरा । तमु प्ये ल्हु संघ यूकेको टोली क्होलासोंथरतर्फ प्रस्थान गरेको छ । अध्यक्ष क्या. डेमबहादुर गुरुङ नेतृत्वमा आज बिहान क्होलासोथरतर्फ प्रस्थान गरेका हुन् ।

तमु (गुरुङ) समुदायको आदिम पुख्र्यौली तथा ऐतिहासिक थलो क्व्होलासोंथरको अध्ययन तथा अवलोकनका लागि नेपाल आएको टोलीको सो भ्रमण छ दिनको रहने बेलायतका वरिष्ठ फोटो पत्रकार मिलन तमुले जानकारी दिए ।

भ्रमण टोलीमा तमु प्ये ल्हु संघ युकेका पदाधिकारीहरु, खेगी गुरुहरु, मिडियाकर्मी र सहयोगीहरुसहित करिव ५३ जनाको सहभागिता छ ।

सो टोली पोखराबाट भुजुङ प्रस्थान गरेको छ भने भुजुङबाट सहयोगीहरुसहित क्होला सोँप्रे ट्होतर्फ लाग्नेछ । यसक्रममा टोलीले लमजुङ, बेशिशहर, घलेगाउँ र भुजुङमा निर्मित क्होँईवोँको अवलोकन समेत गर्नेछ । त्यसपछि होजोँ हुँदै ङ्हसिखोँमा बास बस्ने गरी टोलीले अगाडि बढ्नेछ । त्यस्तै क्रचे, सच, म्रुधिँ, नायु लैफ्रोँ र जोसोगरा हुँदै क्होला सोँप्रे ट्हो पुग्नेछ ।

क्होला सोँप्रे ट्हो पुगेर टोलीले त्यहाँ छ्योप पूजा र थासोँ पूजा गर्नेछ भने दिनभरी स्थलगत अध्ययन तथा अवलोकन गर्नेछ । त्यसपछि टोली सिक्लेस गाउँको यात्रामा निस्कनेछन् । सिक्लेस गाउँ र त्यहाँ निर्माण भएका तीनवटा क्होँईवोँहरुको अवलोकन तथा भेटघाट गरेर पुनः फ.लि.ना. क्होँईवोँ पोखरा फर्किने कार्यक्रम रहेको जनाएको छ ।

पोखरा आइपुगेपछि एक विशेष समारोहबीच भ्रमणको समापन गरिने छ । जहाँ तमु प्ये ल्हु संघ युकेले सिक्लेस, सर्दिखोला, स्याउली बजार तनहुँ, रोल्पा, बस्यानी स्याङजा, रजहर नवलपुर, लक्ष्मी बजार गोरखा, बारपक गोरखा, पेल्काचौर सिम्ले स्याङजा, बुट्टाबारी झापा, भुजुङ लमजुङ र खैरहनी चितवनमा निर्माण भएका तथा निर्माणधिन क्होँईवोहरु र पैयुँखोला तमु समाज काठमाडौंको भवन निर्माण सहयोगको लागि आर्थिक सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रम छ ।

त्यसैगरी कार्यक्रमलाई थप रोचक र स्मरणीय बनाउनको लागि तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछ भने केन्द्रीय समिति र कास्की जिल्ला समितिले व्यवस्थापन सहयोग गर्नेछ ।

तमु प्ये ल्हु संघ युकेको भ्रमण अवधारणा बमोजिम जोडिएका सबैलाई टोली प्रमुख क्या. डेमबहादुर गुरुङले आवश्यक र सक्दो सबै सहयोग गरी भ्रमण सफल बनादिन अनुरोध गरेका छन् ।

तस्विरहरुः मिलन तमु

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group