ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौमा रात्रिकालीन बस सेवा शुरू


एबीसी न्यूज
बैशाख २, २०८३ बुधबार  ७ : ४७ बजे

काठमाडौं,२ वैशाख । काठमाण्डौमा वाइफाइ सेवासहितको रात्रिकालीन बस सेवा शुरू गरिएको छ । काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने गरी बस सेवाको शुरुवात भएको हो ।

हिजो बेलुका ललितपुरको पुल्चोकमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, काठमाण्डौ महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोल, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले समन्वय र सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसहित सेवा प्रारम्भ गर्नुभएको हो । ७ वटा बस सञ्चालनमा आएका छन् । यात्रुको सुरक्षाका लागि काठमाण्डौ महानगरले हरेक बसमा एक जना नगर प्रहरी खटाएको छ । कार्यवाहक मेयर डङ्गोलले रात्रिकालीन सेवालाई दिगो बनाउने प्रतिवद्धता जनाउनुभयो ।

साझा यातायातसँगको सहकार्यमा शुरवात भएको सेवा असार मसान्तसम्मको लागत साझा यातायातले नै व्यहार्ने साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलले बताउनुभयो ।रात्रिकालीन बस सेवा सञ्चालनका लागि गरिएको पूर्वअभ्यासमा बुढानिलकण्ठदेखि बेलुका ८ बजे छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक पुगेको थियो । थानकोटबाट ८ बजे छुटेको बस २१ मिनेटमा कलङ्की चोक र ४५ मिनेटमा एअरपोर्ट पुगेको थियो । बस हरेक रुटका शुरु र अन्तिम बिन्दुबाट गुड्नेछन्, अर्थात् दक्षिण रुटमा चल्ने एउटा ललितपुरको लगनखेलबाट शुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ । अर्को बस बुढानीलकण्ठबाट गङ्गालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल,, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ । नयाँ सडक गेट अर्थात् एनएसी अगाडिबाट एउटा बस छुट्ने छ । यसरी तीन वटा बिन्दुबाट बस गुडेपछि हरेक बस बिसौनीमा २० मिनेटको अन्तरमा बस आइपुग्नेछ । यसैगरी पूर्वपश्चिम रुटको दूरी २० किलोमिटर छ । यो रुटमा एउटा बस थानकोटदेखि सतुंगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलका लागि छुट्नेछ । अर्को बस विमानस्थलबाट तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोटतर्फ गुड्नेछ । नयाँ सडक गेट अगाडि अर्थात् एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस विमानस्थलतर्फ छुट्नेछ । यसरी चार वटा विन्दुबाट चार वटा बस छुटेपछि हरेक बस बिसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

प्रधानमन्त्रीले आज समानुपातिक सांसदसँग छलफल गर्ने

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिवद्धता

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com