काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महिला सीता वादीसँग कृषि तथा पशुधनमा २० वटा कुखुरा र एउटा कुकुर रहेको छ ।
उनले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी पाएको विवरण पनि सार्वजनिक गरेकी छन् । उनीसँग एनआइसीरप्रभु बैंकमा १५ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन् । उनले कुनै ऋण नभएको विवरणमा जनाएकी छन् ।








प्रतिक्रिया दिनुहोस्