ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्य गाजाको सुरक्षा चेकपोस्टमा इजरायली हवाई आक्रमण, ६ प्यालेस्टिनीको मृत्यु


एबीसी न्यूज
चैत्र २९, २०८२ आईतबार  ९ : ४७ बजे

काठमाडौं २९ चैत्र । प्यालेस्टिनी स्रोत र प्रत्यक्षदर्शीहरूकाअनुसार शनिवार मध्य गाजाको बुरीज शरणार्थी शिविरमा रहेको प्यालेस्टिनी प्रहरी चेकपोस्टलाई निशाना बनाएर गरिएको इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको छ । दिर अल–बलाहस्थित अल–अक्सा अस्पतालका प्यालेस्टिनी चिकित्सा स्रोतहरूले जानकारी दिएअनुसार एम्बुलेन्सहरूले आक्रमणमा मारिएका कम्तीमा ६ जनाको शव र केही घाइतेहरूलाई अस्पताल पु¥याएका छन् । यस घटनाबारे इजरायली सेना वा हमासबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । गाजामा हमासद्वारा सञ्चालित गृह प्रशासनले पछिल्ला महिनाहरूमा चेकपोस्टहरू स्थापना गरेर र आफ्ना केही सुरक्षा मुख्यालयहरूको मर्मत गरी यस क्षेत्रमा आफ्ना गतिविधिहरू बिस्तारै पुनः सुरु गरिरहेको छ । यसको प्रतिक्रियास्वरूप इजरायली सेनाले गाजाका विभिन्न भागहरूमा रहेका चेकपोस्ट र प्रहरी सवारी साधनहरूलाई निशाना बनाउँदै आएको छ । जसका कारण कैयौँको मृत्यु र धेरै व्यक्तिहरू घाइते भएका छन्। अक्टोबर २०२५ देखि लागू भएको हमास र इजरायलबीचको युद्धविराम सम्झौताका बाबजुद इजरायलले यी कारबाहीहरूले सशस्त्र तत्वहरू वा सम्भावित खतराहरूलाई निशाना बनाएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

सम्बन्धित

विश्वयुद्धको नयाँ युग सुरु भइसकेको छ

इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भेन्स इस्लामाबादबाट फिर्ता

अमेरिका–इरान वार्ताको परिणामबाट चिन्तित छैनः ट्रम्प

क्युवामाथि अमेरिकी नाकाबन्दी विरुद्ध रोममा सयौंको प्रदर्शन

इस्लामावाद वार्तामा कुनै सहमति भएनः भेन्स

अमेरिका–इरान वार्ता बिना सहमति टुंगियो, उपराष्ट्रपति भान्स इस्लामावादबाट फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com