ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपिलवस्तुमा प्रहरीको गोलीबाट मृत्यु भएका यादवको परिवारद्वारा क्षतिपूर्ति र छानबिनको माग


एबीसी न्यूज
चैत्र २५, २०८२ बुधबार   ८ : १४   बजे

काठमाडौं, २५ चैत्र । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ बरगदामा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका २३ वर्षीय अरुण भन्ने जितेन्द्र यादवको परिवारले क्षतिपूर्ति र राहतको माग गरेका छन् ।चैत ७ गते गोली लागेका यादवको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । दुई समुदायबीच भएको विवादका बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रण लिनका लागि गोली चलाएको थियो ।सोमबार बिहान भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा यादवको मृत्यु भएको थियो ।उनको शव सोमबार राति नै कपिलवस्तु ल्याइए पनि पीडित परिवारसँग समझदारी नभएकाले दाहसंस्कारमा ढिलाई भएको थियो । शव तौलिहवास्थित कपिलवस्तु अस्पतालमा राखिएको छ । घटनामा अन्य तीन जना घाइते भएका थिए ।मृतक अरुण यादवका हजुरबुवा नन्दलाल यादवसहितको टोलीले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बुधबार ६ बुँदे माग पेश गरेका थिए ।

ती माग गृह मन्त्रालयगतका निकायमा पठाउने निर्णयसँगै कपिलवस्तु अस्पतालमा रहेको मृतकको शव दाहसंस्कारका उठाउने समझदारी भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज गौतमले मृतक परिवारका माग पूरा गरिएको जनाए ।मंगलबार जिल्ला प्रशासन कार्यालयमा मृतकका परिवार, स्थानीय सरोकारवाला र प्रशासनबीच बैठक बसेर समझदारी जुटेको हो ।

संघीय सांसद अभिषेकप्रताप साहले प्रतिनिधिसभा बैठकमा घटनाका मृतक तथा घाइते पीडित परिवारले न्याय नपाएको भन्दै उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् भने लुम्बिनी प्रदेशसभा सदस्य नवराज लामिछाने।सिके गुप्तालगायतले पनि घटनाको निष्पक्ष र विश्वासिलो छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै मृतकलाई सहिद घोषणा गरी राज्यका तर्फबाट सम्मान प्रकट गर्न र पीडित परिवारलाई न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

साथै उनले घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार सुनिश्चित गर्न आग्रह गरेका छन् । त्यस्तै राष्ट्रिय सभाका पूर्व सदस्य दृगनारायण पाण्डेले शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको र घाइतेको उपचार प्रभावकारी रूपमा हुन नसकेको विषयमा पारदर्शी छानबिन गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् । उनले मृतकका परिवारलाई रोजगारीको व्यवस्था गरी जिल्लामा शान्ति, सुरक्षा र विश्वासको वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group