काठमाडौं, २५ चैत्र । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद पुरुषोतम यादवले अध्यक्ष केपी ओलीबारे दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ ।सांसद साजिदा खातुन सिद्धीकीले यादवको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेकी हुन् ।
एक माननीयले मेरो पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री सम्माननीय नेता केपी शर्मा ओलीलाई गरेको तुच्छ व्यवहार घोर आपत्ति व्यक्त गर्दछु, उनले भनिन्, यो अभिव्यक्ति अभिलेखबाट हटाइयोस् ।आजको प्रतिनिधिसभाको शून्य समयमा यादवले चैत १९ गते एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलको सम्बोधनप्रति आपत्ति व्यक्त गरेका थिए ।उक्त अभिव्यक्ति एमाले अध्यक्ष ओलीको कुविचार रहेको आरोप यादवले लगाए । आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्नेथ्यो त्यो आज हस्पिटलको बेडमा छ । त्यही बेडबाट कुविचार सम्माननीय संसद्सम्म पठाउँदैछ, यादवले भनेका थिए ।








प्रतिक्रिया दिनुहोस्