काठमाडौं, २४ चैत्र । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
मंगलबार चिनियाँ राजदूत झाङले परराष्ट्रमन्त्री खनाललाई भेटेर चीनको शुभकामना सन्देश दिएका छन्। राजदूत झाङले नेपालको परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा चिनियाँ परराष्ट्रमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।
भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनाल र राजदूत झाङबीच नेपाल र चीनको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। त्यससँगै दुई देशको आपसी हितका लागि सहयोग अभिवृद्धि गर्ने लगायत विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्