ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिना पक्राउ, सरकारविरुद्ध नबोल्न चेतावनी


एबीसी न्यूज
चैत्र १७, २०८२ मंगलबार   २ : ४६   बजे

काठमाडौं — नेकपा निकट युवा संगठन जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिना लाई प्रहरीले पक्राउ गरेको छ ।

बिहान करिब ११ बजे अनामनगरबाट सादा पोसाकका प्रहरीले “पार्टीका मान्छे हौँ, काम छ” भन्दै उनलाई नियन्त्रणमा लिएका थिए । पक्राउ गरेलगत्तै उनलाई भद्रकालीस्थित प्रहरी परिसर लगिएको थियो ।

स्मृति तिमल्सिनाले कुरा गर्दै भनेकी छन्, “सरकारको आलोचना गरेको कारणले मलाई पक्राउ गरिएको हो ।” प्रहरीले उनलाई छाड्दा आइन्दा सरकारविरुद्ध कुनै पनि भिडियो नबनाउने लिखित कागज गराएको र “भिडियो बनाउनुअघि गृह मन्त्रालयको अनुमति लिनुपर्ने” चेतावनी दिएको उनले बताइन् ।

“प्रहरी कार्यालयमा लिखित कागज गराएर मात्र मलाई छाडिएको छ,” उनले भनेकी छन् ।

स्मृति तिमल्सिना तत्कालीन माओवादी निकट युवा कार्यकर्ता हुन् । नेकपाले गत २९ असोजमा उनलाई जेन-जी रेड फोर्स को संयोजक बनाएको थियो । उक्त संगठनले देशभर आफ्नो सञ्जाल विस्तार गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो घटनाले नयाँ सरकार गठन भएको छोटो समयमै अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाएको छ ।

सरकार पक्षबाट भने अहिलेसम्म यो घटनाबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group