ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते


एबीसी न्यूज
चैत्र १४, २०८२ शनिबार  ७ : ४४ बजे

काठमाडौं, १४ चैत्र । नवलपरासीमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । आज(शनिबार) बिहान १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले जानकारी दिए ।

पूर्वबाट पश्चिम(बुटवलतर्फ) जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेका लु २ ख २३५१ को बसले सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ को पिकअप गाडी दुर्घटनामा परेको हो ।

ट्रक र बसले पिअपलाई ठक्कर दिएको थियो । ठक्कर दिएका बस र ट्रक २ सय मिटर तल खस्दा दुर्घटना भएको डिएसपी पन्तले जानकारी दिए ।

दुर्घटनामा परी रोल्पा बागमाराका २५ वर्षका गोबिन बुढा, र पहिचान नखुलेका २५र२६ वर्षका दुई पुरुषको मृत्यु भएको छ । उनीहरुको शव पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ । त्यसैगरी घाइते हुनेमा बसका चालक रोल्पा माडी बस्ने २४ वर्षिय हिमाल घर्ती, सोही ठाउँका १९ वर्षका किरण पुन, रोल्पा परिवर्तन–४ बस्ने मरिचमान घर्ती घाइते भएका छन् । त्यसैगरी सोही ठाउँ बस्ने ४८ वर्षका सुशिला नेपाली, वर्ष ५८ का मोतिलाल डाँगी, वर्ष ६२ का झुपबहादुर घर्ती र वर्ष ६२ का तीर्थबहादुर पुन छन् ।
त्यस्तै घाइते हुने अन्यमा ट्रक चालक बर्दिया बारबर्दिया नगरपालिका–७ का २४ वर्षका सागर चौधरी, सोही ठाउँका १९ वर्षका जीवन चौधरी, कञ्चनपुर कृष्णपुर गाउँपालिका–६ का २८ वर्षका लोकराज ओझा, काठमाण्डौंका २८ वर्षका लक्ष्मी खत्री, दाङ घोराही–३ का ४९ वर्षका खिमबहादुर नेपाली र एक पहिचान नखुलेकी अन्दाजी २५ वर्षकी महिला रहेकी प्रहरील जनाएको छ । मध्यम अवस्थामा रहेका उनीहरु सबैको बुटवल सिटी अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी चितवन इच्छा मनकामना –१ का ३१ वर्षका विशाल चेपाङ् र पिकअप चालक चितवन रत्ननगरका वर्ष २९ का आशिष गुरुङ् घाइते भएका छन् । सामान्य अवस्थामा रहेका उनीहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

सम्बन्धित

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको महेश बस्नेतको भनाइ, एमालेले आजैदेखि

प्रतिशोधपूर्ण रुपमा पक्राउ गरियो, कानुनी लडाईं लड्छु – पूर्वप्रधानमन्त्री ओली

निलाम्बर आचार्यको टिप्पणी – प्रतिसोध र धरपकडले भलो गर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com